arrow

सार्क राष्ट्रका उद्योगी व्यवसायीको छैटौं व्यापार सम्मेलन काठमाडौंमा 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
SAARC-logo.jpeg

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका उद्योगी व्यवसायीको छैटौं व्यापार नेतृत्व सम्मेलन काठमाडौं हुने भएको छ ।

सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते उक्त सम्मेलन हुन लागेको हो । 

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको भए पनि त्यहाँ नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायीले सार्कको सर्वोच्च संस्थाका रुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरेपनि राजनीतिक किचलोका कारण अपेक्षाकृत लाभ लिन नसकिएको बताए ।

सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायत विषयमा छलफल गरिनेछ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ ।
 
त्यस्तै सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चार माध्यम गरी करिब २०० जनाको सहभागिता रहने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ