arrow

यता सुरक्षाको ग्यारेन्टी दिन्छन् ओली, उता को-कोमाथि हानियो गोली ?

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
kp-oli-presents-n.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संघीय संसद्को बैठकबाट प्रधानमन्त्रीको विश्वासको मत लिर्इरहँदा भनेका थिए । अब कोही कसैले असुरक्षित महसुश गर्नु पर्दैन। उनले सांसद् गगन थापालार्इ भनेका थिए ढुंक भएर सुत्नु । तर ढुक्क हुने अवस्था कहाँ रह्यो ? 

उदाहरण १ :
गत विहीबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ सेउकलियामा  एक युवतीलाई बोक्सी आरोप लगाई दुर्व्यवहार गरेका दोषीलाई कार्वाहीको माग गर्दै चौतर्फी दबाब बढेको छ। घटनाबारे विभिन्न सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरिसकेपछि विभिन्न संघस‌ंगठनहरु दोषीलाई कारबाहीको माग गर्दै दबाव दिइएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन घोडाघोडी नगरपालिका ५ देउकलियाकी १८ वर्षीय राधा चौधरीलाई कुटपीट सहित गरिएको दुर्व्यवहार गरिए पछि उनलाई न्याय दिलाउन पनि चौतर्फी दबाब बढेको हो। 

उदाहरण २ :
यो घटनाका दोषीलाई कारबाही हुन नपाउँदै फेरि अर्को घटना सोही ठाउँमा भयो। सोमबार राधा चौधरी माथिको दूव्र्यवहारका आरोपीलाई बचाउन खोजेको आरोप लागेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी माथि गोली प्रहार भयो। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आफ्नै निवासमा बसिरहेको अवस्थामा चौधरीलाई केही अज्ञात समुहले खुकुरी समेत प्रहार गरेको प्रहरीको भनाइ छ । घोडाघोडीकी युवती राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानीय राम बहादुर चौधरी सहितले कुटपिट र दुर्व्यवहार गर्दा चौधरी पीडक पक्षमा लागेर छुटाउन लागेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो। नेकपा एमालेका तर्फबाट मेयरमा निर्वाचित चौधरीका बारेमा सर्वत्र विरोध भएपछि एमालेले पनि उनको बारेमा छानविनका लागि समिति बनाएको थियो।  

राधा चौधरीमाथि हत्या आरोपमा प्रतिनिधि सभामा बहस सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा कुनैपनि हत्या हिंशाका घटना हुने छैनन् भनेर घोषणा गरेका थिए । उनले पीडित चौधरीलाई उपचार खर्च दिने घोषणा समेत गरेका थिए । सार्वजनिक स्थानमा यस्तो दर्दनाक घटना हुँदा हुँदै पनि तमासा हेरेर बसेको सुरक्षा प्रशासन र तमासा हेरेर बसेका एमाले कार्यकर्ताहरुलाई समेत उनको यस्तो सम्बोधन थियो । 

उदाहरण नं ३ :
उनले सम्बोधन गरेको भोलिपल्ट नै मेयर चौधरी माथि गोली प्रहार भयो । सोही दिन रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायी हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको छ। उनलाई राती पौने ९ बजेतिर गोली प्रहार भयो। भारतीय मोटरसाईकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन् । 

यसरी केपी ओलीले संसद्मा बसेर सुरक्षाको ग्यारेन्टी दिँदै गर्दा देशका विभिन्न स्थानमा भने गोलीको वर्षा सुरु भएको छ । यस अघि प्रतिपक्षमा हुँदा सरकारको खरो आलोचना गर्ने ओलीले आफैं सरकारमा हुँदा भने शान्ति सुरक्षाको ग्यारेन्टी बोलीमा दिने र काममा दिन नसकेको आरोप समेत लाग्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ