arrow

अस्पताल पुगेर देउवाले भेटे विमान दुर्घटनाका घाईते

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
biman2.jpg

काठमाडौं ।  कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका परी घाईत भएकाहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

मंगलबार देउवाले सिनामंगल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाईतहरुसाग भेट गरेका हुन् । उनले घाईतहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफुले सरकारसँग माग गरिसकेको बताए।  

देउवाले दुर्घटनामा परेका घाईतहरुको निशुल्क उपचारका साथै आवस्यक क्षतिपुर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताए । ‘सर्वप्रथम म तपाईहरुको सिघ्र स्वासथ्य लाभको कामना गर्दछु’ देउवाले घाईतेहरुसँगको भेटमा भने, ‘उपचारमा कुनै कमि आउन नदिन र आवश्यक क्षतिपुर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’

देउवाले दुर्घटना भए लगत्तै विज्ञप्ति जारी गर्दै घाईतेहरुको तत्काल उपचारको प्रवन्ध गर्न, उद्दार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ