arrow

राष्ट्रबैंकको मध्यस्थतामा मिल्यो बैंकर संघ र एनआईसी एसियाको मतभेद

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
nrb_NBA1.png

काठमाडौं । एनआईसी एशिया र नेपाल बैंकर्स संघबीचको विवाद सुल्झिएको छ । नेपाल राष्ट्रबैंकको मध्यस्थतामा दुई पक्षबीचको मतभेद साम्य भएको एनआईसी एसियाले जनाएको छ । बैंकले मंगलबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय बैंकले सञ्चालनमा ल्याएको २ वटा बचत योजना बन्द गर्ने सहमति भएको छ । 

बैंकर संघको निर्णय विपरित एनआइसी एशियाले समुन्नति प्लस बचत योजना र १ वर्षे धनवर्षा मुद्दति योजना ल्याएको थियो । अहिले मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिने बैंकको निर्णय पछि बैंकर संघका सदस्य अन्य वाणिज्य बैंकहरुले एनआईसीसँग कुनैपनि कारोबार नगर्ने कडा निर्णय गरेका थिए ।  

एनआइसी एसियाले यो सहमतीसँगै समुन्नति प्लस बचतमा १० प्रतिशत र १ वर्षे धनवर्षा मुद्दति खातामा १२ प्रतिशत ब्याज दिने योजना रद्द गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ