arrow

चोलेन्द्र पथमा ६ न्यायाधीश

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
cholendra-padh.png

काठमाडौं । सोमवार इजलास बहिष्कार गरेका चोलेन्द्रशमशेर जबराको पक्षमा सर्वोच्च अदालतका ६ न्यायाधीश देखिएका छन् । विगतमा राजनितिक भागबण्डाबाट न्यायाधीश बनेकाहरु अदालतमा अहिले सम्मै नभएको अभ्यास गर्न उद्दत देखिएका छन् । सोमवार राणाले इजलास बहिष्कार गरेपछी संवेदनशील अवस्थामा पुगेको नेपालकै न्यायिक प्रणाली एकाएक इजलासमा नबसेको घटनाले थप जटिल बनाएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, इश्वर खतिवडा, बिश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा मंगलवारको इजलासमा  गएनन् । उनिहरुले इजलासमा नजानुको कारण सार्वजनीक नगरेपनि सोमवार राणले इजलास बहिष्कार गरेको टिप्पणी वाहिर आउनु र मंगलवार ६ न्यायाधीश अदातलको इजलासमा उपस्थीत नहुनुले 'किरो कराउनु र बाख्रो हराउनु' जस्तै देखिएको छ ।

६ जना न्यायाधीश मध्ये हरिकृष्ण कार्की, सपना प्रधान मल्ल लगायत विगतमा एमालेको कोटावाट संसद, महान्यायधिवक्ता लगायत लाभका पदमा पुगिसकेका व्याक्तिहरु हुन् । न्यायाधीश नियुक्ति लगतै एमाले पार्टी कार्यालय बल्खु पुगेर शुभकामना लिने कुरामा समेत कतिपय न्यायाधीश विवादमा परेका थिए ।

संसारभरीकै अदालतको अभ्यासमा एक दिन इजलास बसि दोस्रो दिन प्रधानन्याधीस माथिनै लान्छित गरि इजलास बहिष्कार गरेको घटना न्याय क्षेत्रमा दुर्भाग्य पूर्ण रुपमा लिइएको छ । त्यहि घटनालाई बल पुर्‍याउने गरि न्यायाधीशले इजलासमा नजानुले नेपालको न्यायिक क्षेत्र अब स्वतन्त्र, निष्पक्ष नरहेको प्रमाणको रुपमा लिइएको छ ।

दलिय सिफारिसमा न्यायाधीश  बनेकाहरुले दलिय स्वार्थ अनुसारनै प्रस्तुत भै दिदा अदालतबाट समेत न्याय पाइने सामान्य नागरिकको अपेक्षा कमजोर हुने देखिएको छ । अदालतका पछिल्ला घटनाक्रममले अदालत, अदालतका न्यायाधीशहरु स्वयंम् ट्रेड युनियनकर्मी लगायत दलका कार्यकर्ताका रुपमा देखिदा न्याय क्षेत्र थप विकृत बन्ने आशंका बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ