arrow

ट्रेड युनियन पनि उत्रिए न्यायाधीशविरुद्ध, राजीनामा माग्ने आन्दोलनको चेतावनी

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
baktabye.JPG

काठमाडौं । सर्वोच्च अदालतमा देखिएका गतिविधिबारे ट्रेड युनियन पनि बोल्न थालेका छन् । मंगलबार सर्वोच्च अदालत विभागि कार्यसमितिका तर्फबाट विभिन्न संगठनले संयुक्त वक्तव्य निकालेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र नेपाल निजामति कर्मचारी संगठनलगायतले संयुक्त वक्तव्य प्रकाशित गरी सर्वोच्चका न्यायाधीशले गरेका गतिविधिको विरोध गरेका हुन् ।

न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेर न्यायिक परम्परा तथा मर्यादा तोडेको र अन्य न्यायाधीशले पराजुलीलाई असहयोग गरेकोप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले विज्ञप्तिमा ‘समयमै समस्या समाधान नगरे न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका लागि हामी समग्र ट्रेड युनियनकर्मीहरु नेतृत्वसहित विवादित एवं बेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजीनामा माग्ने सहितका अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुनेछौँ ’ भनेका छन् ।

विज्ञप्तिमा, ‘अदालती काम कारबाहीमा चित्त नबुझे संविधान र कानूनले तोकेको विधि र प्रकृया अपनाउने बाटो हुँदाहुँदै जनताको अन्तिम आस्थाको केन्द्र स्वतन्त्र एवं निष्पक्ष न्यापालिकाको सम्बन्धमा जनआस्था खस्किने गरी न्यायालय भित्र र बाहिरबाट भइरहेका यस्ता विवादित र विभाजित कार्यहरुले न्यायका उपभोक्ताको समयमा न्याय पाउने अधिकार कुण्ठित हुन गई हामी समग्र जनशक्तिको समेत शिर निहुरिएको छ, भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ