arrow

तामिलनाडूको एक जङ्गलमा भएको आगलागीमा परी दशको मृत्यु

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
BS-fire-ecology.jpeg

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ ।  केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो। आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए ।

उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ