arrow

बुधवार काँग्रेस केन्द्रीय कार्यालयमा सांसदहरुलाई प्रशिक्षण, वग्गीखानामा सिटौलाको आह्वानमा छलफल

सानेपामा ११ वजेबाट वग्गीखानामा १० वजेबाट कार्यक्रम शुरु

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
nc-party-office.png

काठमाडौं। चैत्रको पहिलो साता केन्द्रीय समितिको बैठक बस्ने तयारीमा रहेको नेपाली काँग्रेस त्यसयता पनि विविध कार्यक्रममा व्यस्त रहेको छ। 

तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा चैत्र ७ गते देश तथा विदेशमा रहेका सबै समितिहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई कार्यक्रम गर्न परिपत्र गरेको काँग्रेसले फागुन ३० गते बुधवार पनि कार्यक्रम गर्ने भएको छ। 

राष्ट्रपतिको चुनावका लागि सातैवटा प्रदेशबाट काठमाडौं आएका प्रदेश सभा सदस्यहरुलाई नेपाली काँग्रेसले आन्तरिक प्रशिक्षण कार्यक्रम राखेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसले प्रतिपक्षी भूमिकामा रहँदा निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा चर्चा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिए। 

प्रवक्ता शर्माका अनुसार विहान ११ वजेबाट शुरु हुने छलफल तथा अन्तर्क्रियामा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले लिने रणनीतिका बारेमा पनि पार्टीका विभिन्न नेताहरुले प्रशिक्षण दिने् कार्यक्रम रहेको छ। नेपाली काँग्रेससँग निकट रहेका वुद्धिजिवी तथा पेशागत क्षेत्रका जानकारहरुले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ। 

बुधवार नै नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चीर्न सक्ने संगठन कसरी बनाउने भन्ने सन्दर्भमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन्। रामशाह पथ वग्गीखानास्थित योगम्वर पार्टी प्यालेसमा नेता सिटौलाले कार्यक्रम राखेका हुन्। कार्यक्रम विहान १० वजेबाट शुरु हुने बताइएको छ। 

विभिन्न समुहमा रहेर पार्टी संगठनका लागि चिन्ता व्यक्त गर्दै आएका सबैलाई कार्यक्रममा निम्त्याइएको सिटौला निकट स्रोतले जनाएको छ। चुनावमा पार्टीको पराजय भएपछि संगठित भएर पार्टी संगठनलाई चलायमान बनाउनुपर्ने तथा पार्टीको नेतृत्वका बारेमा समेत प्रश्न उठाउँदै आएकाहरुलाई समेत कार्यक्रममा निम्त्याइएको बताइएको छ। 

सिटौला हालै प्रदेश नम्वर ७ मा पार्टी कार्यक्रमहरुमा सहभागि भइ काठमाडौं आएका छन्। केन्द्रीय समितिको वैठक अघी धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुको कुरा सुनि उनीहरुले पार्टी हितका लागि राखेका धारणा वैठकमा राख्नको लागि समेत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको सिटौला निकट केन्द्रीय सदस्य प्रदिप पौडेलले बताए। महाधिवेशनदेखि नै अलग समुह बनाएर अस्तित्वमा आएको यो समुहको तर्फबाट केहि अवधारणा समेत ल्याउन तयारीमा आफूहरु रहेको पौडेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ