arrow

सरकारमा किन गएन फोरम ? यस्तो रहेछ कारण 

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
sanghiya-samajbadi-forum-nepal.jpg

काठमाडौं । एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन । पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो ।

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबारसरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन् । सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरू सहमत छन् । फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् । 

पार्टी अध्यक्ष यादवले धुलिखेलमा पार्टीका सांसदलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा सरितागिरीबाहेक पार्टीका सबै सांसद छन् । संसद् बैठकमा सहभागी हुन शुक्रबार दिउँसोकाठमाडौं आएका फोरमका सबै सांसद शुक्रबार साँझ पुनः धुलिखेल फर्केका छन् । सहअध्यक्ष श्रेष्ठ भने व्यवहारिक कारण देखाएर शुक्रबार धुलिखेल गएनन् । शुक्रबार बिहानसम्म फोरमबाट आफ्नो र श्रेष्ठको नाम पठाउने तयारी गरेका यादवले श्रेष्ठको नाममा पार्टीभित्र एकमत हुन नसक्दा नाम सिफारिस गर्न हच्किएका हुन् ।

 मन्त्रालय बाँडफाँटमा पनि प्रधानमन्त्री र यादवबीच सहमति जुट्न सकेन । यादवले भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्य मन्त्रालय मागेका छन् । तर, प्रधानमन्त्रीले फोरमलाई सहरी विकास र सिँचाइ मन्त्रालय दिन चाहेका छन् । फोरमका महासचिव रामसहाय यादवले प्रधानमन्त्री र आफ्नो पार्टीबीच शुक्रबार  संविधान संशोधनमा लिखित सहमति नभएकालेसरकारमा नगएको बताए ।उनले भने, ‘हामीले सुरूदेखि नै संविधान संशोधन गर्नेप्रतिबद्धतामा लिखित सहमति गरेरमात्रै सरकारमा जाने भन्दै आएका छौं । शुक्रबार लिखित सहमति हुन नसकेकाले सरकारमा गएनौं ।’ कोको सरकारमा जाने भन्नेबारेपार्टीभित्र छलफल नभएको उनले बताए । स्रोतका अनुसार, श्रेष्ठलाई मन्त्री बनाउने अध्यक्ष यादवको प्रस्तावप्रतिफोरमका अधिकांश नेताले विरोध जनाएका छन् । फोरमका सांसद प्रदीप यादवले भने,  ‘फोरमलाई मधेसबाट मात्र भोट आएको छ ।

पहाड र काठमाडौंबाट आएको कुल भोट जोड्दा पनि नगण्य हुन्छ । त्यसैले मत प्राप्त भएका क्षेत्रलाई आधार मानेर सरकारमा प्रतिनिधित्व गराउनुपर्छ ।’उनले प्रत्यक्ष चुनाव जितेकालाई सरकारमा प्राथमकिता दिनुपर्ने अडान राखेका छन् । फोरममा सरकारमा जाने आकांक्षी धेरै छन् । रेणु यादव, इस्तियाक राई, विमल श्रीवास्तव, प्रदीप यादवलगायत  मन्त्रीका आकांक्षी छन् । फोरम शुक्रबार सामेल नभए पनि सरकारमा जाने उसकोबाटो बन्द भएको छैन । 
नागरिक दैनिकबाट 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ