arrow

पढाइमा बाधक बन्दै फाटेको जुता

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
कान्तिपुर.jpg.jpeg
काठमाडौं ।आँबुखैरेनी–५ ढकालटारको अन्नपूर्ण प्राविका विद्यार्थीलाई जुत्ता मोजा लगाउनु अनिवार्य छ। तर कक्षा ५ मा पढ्ने अभिमन्यु रेग्मी जुत्ता किन्न नसकेकै कारण विद्यालय आउन सकेनन्। 
 
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ-अभिभावकको आर्थिक अवस्था कमजोर देखेपछि विद्यालयले पनि उनका लागि कडाइ गरेन। विद्यालयमा उनी मात्र एक छात्र हुन् जसको खुट्टामा जुत्ता छैन। ‘जुत्ता नभएकै कारण पढ्नबाट बञ्चित नहोस् भनेर उसलाई चाहीँ छुट दिएका छौँ, विद्यालयमा प्रधानाध्यापक गोवद्र्धन अधिकारीले भने।’
 
कमजोर आर्थिक अवस्थाका अभिभावकले मात्र पढाउने भएकाले विद्यालयमा जुत्ता भएपनि फाटेर चिसै नढाक्ने अवस्थाका धेरै विद्यार्थी छन्। विद्यालयको नियम पालन गर्न जुत्ता लगाएपनि फाटेर मोजा र पैतलानै देखिने अवस्थाका धेरै विद्यार्थी भेटिए। दुवै खुट्टाका औँला बाहिर देखिएका कक्षा ३ का विद्यार्थी अभिषेक कँडेल लाजले भाग्न खोज्दै थिए। उनको जस्तै अवस्था कक्षा ४ मा पढ्ने सन्ध्या गुरुङको पनि देखियो। 
 
जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति तोपवहादुर कुँवरले आर्थिक अवस्था कमजोर भएका अभिभावकले मात्र सामुदायिक विद्यालयमा छोराछोरी पठाउने प्रवृत्ति देखा परेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ