arrow

नेपालीहरुको यस्तो ब्यथाः यात्रा अमेरिकाको अलपत्र टोगोमा 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
aaa2.jpg

काठमाडौँ । मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन् । 

अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन् ।

गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् । 

पीडितमध्ये बाग्लुङ–६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन् ।

 ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैयाँ बुझाएको थिएँ,’ रुद्रनारायणले फोनमा भने( ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ । 

बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीमा एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु ।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परेकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको बताए ।

अलपत्र पर्नेमध्ये सिन्धुपाल्चोक, बाह्रबिसेका सोनाम छिरी शेर्पाकी श्रीमती केसाङका अनुसार उनका श्रीमान् सोनाम ७ महिनाअघि अमेरिका जान भनी घरबाट निस्किएका हुन् ।

 ‘दलाललाई ३५ लाख रुपैयाँ बुझाएको भन्ने मलाई थाहा छ,’ उनले भनिन्(‘दलालको बोलीमा भर परेर विदेश नजानु भनेकै हुँ, अहिले अलपत्र परेका रहेछन् भन्ने सुनेकी छु ।’ 

अलपत्र नेपालीका साथमा राहदानी र अरु कागजात समेत नरहेकाले तथा घरफिर्ती टिकटका लागि खर्च समेत नरहेकाले टोगोस्थित गैरआवासीय नेपालीको समन्वय जुटाएर पीडितले घर फिर्न चाहेका छन् ।

पीडितका अनुसार उनीहरुलाई पोखरा बस्ने जिसन श्रीस (राजु), थाइल्यान्ड बस्ने गोविन्दराज भारती र काठमाडौं बस्ने पर्सा घर भएका मोहन श्रेष्ठ (सुरैन)ले अमेरिका लैजाने भनेर अलपत्र पारेका हुन् ।

 ‘पीडितलाई घर फर्काउन गैरआवासीय नेपाली संघको काठमाडौं मुख्यालयले कानुनी परामर्शदाता उपलब्ध गराउँदै आवश्यक सहयोग उपलब्ध गराउने भएको छ,’ कोषाध्यक्ष थापाले फोनमा भने । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ