arrow

सरकारी कर्मचारीहरुले अन्यत्र काम गर्न पाउनुपर्ने माग

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
निजामती-कर्मचारी.jpg.jpeg
काठमाडौं । निजामती कर्मचारीहरुले सरकारीबाहेक अन्यत्र पनि काम गर्न पाउनुपर्ने माग गरेका छन् । सामान्य प्रशासन मन्त्रालयमा उनीहरुको निवेदनको चाङ लागेको छ ।
नयाँपत्रिका दैनिकमा समाचार छ - मन्त्रालयका अनुसार निजामती सेवाका सहसचिव, उपसचिव तथा शाखा अधिकृतलगायतका सयौं कर्मचारीहरुले कार्यालय समयबाहेकको समयमा अध्यापन, वकालत, सहकारी सन्चालन तथा लेखापरीक्षण गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् ।
यसअघि सामान्यको अनुमति लिएर कर्मचारीहरुले सरकारी कामबाहेक अन्य आर्थिक लाभ हुने काम गर्दै आएका थिए । तर, पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले अन्यत्र नोकरी, काम वा सेवा गर्न नपाउने गरी निजामती सेवा ऐनको चौथो संशोधन गराएका थिए । त्यसपछि झण्डै डेढ बर्षदेखि सरकारी कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति दिने कार्य रोकिएको थियो ।
सरकारको उदार नीतिको फाइदा उठाउँदै हजारौं कर्मचारीहरुले शिक्षण, लेखापरीक्षण, सहकारी सन्चालन तथा वकालत गर्दै आएका थिए । उनीहरुले अनुमति लिएर सरकारी कार्यालयकै समयमा अन्यत्र काम गरी आर्थिक उपार्जन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ