arrow

‘राजनीतिमा बुढापुस्ताको बर्चश्व हुँदा विज्ञान प्रविधिको विकास हुन सकेन’

अब नेताहरुलाई पनि विज्ञान प्रविधिमा सहभागि गराउनु पर्छ

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
sivalal-thapa.jpg.jpeg
काठमाडौ । विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापाले राजनीतिमा बुढा पुस्ताको बर्चश्व हुँदा नेपालमा आशातित विज्ञान र प्रविधिको क्षेत्रको विकास हुन नसकेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको राजनीतिमा बुढा पुस्ताको बर्चश्व छ । नयाँ प्रविधि प्रयोगमा उहाँहरु अलि कमजोर हुने भएकोले नयाँ प्रविधिको विकासमा योगदान हुन सकेन । अब नेताहरुलाई पनि विज्ञान प्रविधिमा सहभागि गराउनु पर्छ । अब सरकारले बातावरण बनाउनु पर्छ ।’

साक्षात्कारमा मन्त्री थापाले विज्ञान प्रविधि क्षेत्रको विकासको लागि सरकारको ध्यान जान नसकेकोले यो क्षेत्रको आशातित विकास हुन नसकेको स्विकार गर्दै अहिलेसम्म मन्त्रालय चलाउन रकम नभएको र लेखाफाट समेत नबनिसकेकोले समस्या भएको गुनासो गरे । 

उनले भने,‘ मन्त्रालय चलाउने पैसा छैन  अर्थमन्त्रालयसँग बजेट मागेका छौ आएको छैन । विज्ञान तथा प्रविधि मन्त्रालय पैसा विनाको मन्त्रालय बनेको छ ।’ मन्त्री थापाले अरुले काम नलाग्ने मन्त्रालय ठाने पनि आफूलाई यो मन्त्रालयको जिम्मेवारी पाउँदा गर्व महुसस भईरहेको भन्दै यो मन्त्रालयलाई ठूलो र आकर्षक मन्त्रालय बनाउन काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले बनेपामा निर्माण भएको आईटी पार्कको अवलोकन गरेर त्यसाइई तत्काल सञ्चलनमा ल्याउन सरोकारवालाहरुसँग छलफल गर्ने र बीपी प्लानेटेरियमलाई सञ्चालनमा ल्याउने बातावरण निर्माण गर्ने बताउँदै सबै क्षेत्रमा विज्ञान र प्रविधिलाई जोड्न सके राष्ट्रको विकास हुने विश्वास ब्यक्त गरे । 

मन्त्री थापाले क्यान मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, नेपालमै स्याटेलाईटको विकासको लागि पहल गर्ने र कम्तिमा पनि सात प्रदेशमा एक एक वटा विज्ञान प्रविधि अनुसन्धान केन्द्र बनाउनु पर्ने बताए । पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले शिक्षामा डिजिटल प्रविधिको प्रयोग, आईसीटीलाई कृषिसँग जोडेर स्मार्ट किसान, स्वास्थ्य क्षेत्रसँग जोडेर ईहेल्थ र ई पर्यटन बनाउन सके डिजिटल नेपाल बन्ने विश्वास ब्यक्त गरे । 

क्यान मेला अब डिजिटल नेपाल बनाउँछौ भन्ने सन्देश भएको उल्लेख गर्दै यसलाई उद्योगको रुपमा विकास गरेर अगाडि बढाउनु पर्ने धारणा उनले राखे ।  मुलुकलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन आईसीटीको प्रयोग अनिवार्य भईसकेको भन्दै अब ईन्टरनेटलाई उत्पादनसँग जोडेर प्रयोग गर्नु पर्ने आवश्यकता औल्याए । 

कम्प्यूटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले मुलुकको विज्ञान प्रविधि नीति ठिक भए पनि त्यसको कार्यन्वयनमा समस्या भएको भन्दै राजनीतिक दलका नेताहरुलाई सूचना प्रविधिमा अभ्यस्त बनाउन सके यसको विकास सहज हुने दावी गरे ।  उनले विज्ञान प्रविधिको विकासको लागि राज्यले बृहद रोडम्याप बनाउनु पर्ने आवश्यकता औल्याउँदै स्मार्ट फोनको प्रयोग मनोरञ्जनको लागि मात्रै नभई देश विकास गर्न सम्भव रहेको तर्क गरे । 

उनले बनेपामा रहेको आईटी पार्कको जिम्मेवारी महासंघलाई दिए दुई महिनामा त्यसलाई सञ्चालनमा ल्याउने र चार वर्षभित्र पूर्ण आईटी पार्क बनाई दिने भन्दै विज्ञान प्रविधिको विकासमा आफूहरु सरकारलाई सबै खाले सहयोग गर्न तयार रहेको बताए ।  राज्यले विज्ञान प्रविधिलाई प्राथमिकतमा नराखेसम्म यसको विकास हुन नसक्ने ठोकुवा गर्दै ढकालले यसलाई प्राथमिकतामा राख्ना साथ उर्जा, पर्यटन र कृषि जस्ता क्षेत्रहरु आफै प्राथमिकतमा सूचिमा आउने भएकोले देशको समग्र विकास हुने दावी गरे । 

क्यान मेला ब्यापारकोलागि नभई सूचना प्रविधिमाप्रति जनचेतना बढाउन र सिकाउन भएको भन्दै यसपटकको मेलामा ४ लाखले अवलोकन गर्ने दावी गरे । उनका अनुसार अहिलेसम्म २ लाख ५० हजारले अवलोकन गरिसकेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ