arrow

दृष्टिविहीनलाई सघाउन टिकटसहितको साहित्यिक कार्यक्रम 

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
dristibihin_ka_lagi_karyakram.jpg

काठमाडौं । सचेत युवा नेपालले दृष्टिविहीनलाई सघाउनका लागि साहित्यिक कार्यक्रम गर्ने भएको छ । सचेत युवा नेपालका अध्यक्ष अर्पण साधकले बाग्लुङका दृष्टिविहीनलाई सघाउनका लागि साहित्यिक कार्यक्रम गर्न लागेको जनाए । 

उनले जुनकिरी दि लाईट अफ होपको समेत सहयोगमा साहित्यिक कायक्रम गर्न लागेको जनाए । यही चैत १७ गते राजधानीको बत्तिसपुतलीमा रहेको सिल्पी थिएटरमा काव्य छन्दकवि सुरेश सत्याल तथा गजलकार आशिष खानियाको पस्तुती गर्ने जनाए । 

त्यसका लागि २०० र ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । साधकले भने, ‘उठेको सबै रकम दृष्टिविहीनका लागि जान्छ, सिल्टीले समेत हलको चार्ज नलिइ केवल विजुली–पानीको न्यूनतम चार्ज लिने जनाएको छ, राम्रो सहयोग हुने अपेक्षा गरेका छौं । 

सचेत युवा नेपालले यसअघि समाजसेवाको काम गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ