arrow

मतदानबारे सर्वोच्चको आदेशको विवेकशील साझाको स्वागत 

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
bibeksil-sajha.jpg

काठमाडौं । विदेशमा कार्यरत नेपाली नागरिकले विदेशबाट समेत मतदान गर्न पाउने सर्वोच्च अदालतको आदेशको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । 

लाखौंको संख्यामा देशको युवा जनशक्ति विदेशमा कार्यरत रहेको र देशको अर्थतन्त्र नै मुलत? विप्रेषण (रेमिटेन्स) मा आधारित रहेको सन्दर्भ जोडेर विवेकशील साझा पार्टीले सर्वोच्च अदालतको यो आदेश लोकतान्त्रिक अधिकारका हिसाबले मात्र नभएर प्राकृतिक न्यायका सिद्धान्तका दृष्टिले समेत वाञ्छनीय रहेको विज्ञप्ति जारी गरी जनाएको छ । 

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले हस्ताक्षर गरी जारी भएको विज्ञप्तिमा नीतिगत तहमा नेपाल सरकारले यसअघि नै प्रतिवद्धता जनाएको र सर्वोचच अदालतले समेत निर्देशनात्मक आदेश जारी गरेको यो परिप्रेक्षमा आवश्यक कानुनको यथाशिघ्र निर्माण गरी विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने कानुनी व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार, संघिय संस्द र निर्वाचन आयोगलाई समेत आग्रह गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ