arrow

पैचिङमा गरियो ‘नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर’ विषयक गोष्ठी

logo
अजय अलौकिक,
प्रकाशित २०७४ चैत ९ शुक्रबार
alukik.jpeg

चीन । पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासले शुक्रबार ‘नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर’ विषयक एक गोष्ठीको आयोजना गरेको छ।
नेपाल सरकारका तीन वटा जलविद्युतसम्बन्धित संस्थाका प्रतिनिधिसमेतको सहभागितामा रहेको गोष्ठीमा चिनियाँ लगानीकर्तालाई लगानी लगाउनेसम्बन्धमा प्रस्तुतिसहित लगानीकर्ताको जिज्ञासा मेट्न प्रश्नोत्तर सत्रको समेत आयोजना गरिएको थियो।

चीनको राष्ट्रिय ऊर्जा प्रशासनका पदाधिकारीसहित ४० चिनियाँ कम्पनीका प्रतिनिधि गरी ८० भन्दा बढी चिनियाँ व्यापारी तथा विज्ञ र पत्रकारहरूको सहभागिता थियो। नेपालमा लगानीको लागि संभावना सम्बन्धमा दूतावासका आर्थिक मन्त्री बिनोद अचार्यले एक प्रस्तुतिसहित जानकारी दिएका थिए।

त्यसैगरी नेपालका जलविद्युत् परियोजनाहरुमा लगानीका अवसरहरु सम्बन्धमा विद्युत उत्पादन कम्पनी लिमिटेडका बोर्ड सदस्य सुरेन्द्र कुमार उप्रेती, त्यसै गरी नेपालमा जलविद्युत् परियोजनाहरुको प्रसारण सम्बन्धमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकृत नेत्र प्रसाद ज्ञवाली, र लगानी र विकास सम्बन्धमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेंट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकृत छबि राज पोखरेलले पनि जानकारीसहित तथ्यांक प्रस्तुत गरेका थिए भने लगानीकर्ताका चासो र जिज्ञासाका सम्बन्धमा पनि उत्तर दिएका थिए।

यस अघि गोष्ठीमा स्वागत मन्तव्य राख्दै राजदूत लीलामणि पौडेलले नयाँ संविधानमा आधारित निर्वाचन सम्पन्न भइ पाँच वर्षका लागि नयाँ सरकार गठन सँगै राजनैतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ अध्याय शुरू भइसकेको बताउँदै नेपालको जलविद्युत परियोजनामा लगानी लगाउन आग्रह गरे।

 ८०० मेगावाटको जलविद्युत क्षमता रहेको नेपालमा नेपाल सरकारले समेत यस्ता परियोजनामा लगानी लगाउनेलाई विविध सुविधा उपलब्ध गराएकोमा चिनियाँ लगानीकर्तालाई यो मौकाको फाइदा उठाउन आजको गोष्ठीको उद्देश्य रहेको बताए ।

उक्त गोष्ठीका लागि ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री वर्षमान पुनको सन्देश पनि राजदूत लीलामणि पौडेलले पढेर सुनाउनु भएको थियो। सन्देशमा यस गोष्ठीले आउने दिनमा नेपाल चीन बीचको लगानी क्षेत्रमा पुंजी जुटाउने र प्रविधि भित्र्याउने आशा गर्नुका साथै चिनियाँ लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी लगाउन व्यक्त गरिएको थियो।

गोष्ठीमा चीनको ईण्डष्ट्रियल तथा वाणिज्य बैंकअन्तर्गत ग्लोबल पावर फाइनान्सका अध्यक्ष ली हंगले उक्त फाइनान्सले विश्वभरि ऊर्जास्रोतको क्षेत्रमा काम गर्द आएको र नेपालसँग पनि आउने दिनमा काम गर्ने प्रचुर सम्भावना रहेको बताए।

उक्त गोष्ठीको बारेमा मिनिस्टर काउन्सलर हरिष चन्द्र घिमिरेले जानकारी दिनुका साथै उपस्थित अतिथिको परिचय दिएका थिए भने कार्यक्रम समापन नियोग उपप्रमुख सुशिल कुमार लम्सालले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ