arrow

लागुऔषध सहित भारतीय र हतियार सहित नेपाली पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत १२ सोमबार
arrest.jpg

वीरगन्ज। जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा, चरेश र हतियार सहित पक्राउ परेका  तीन जना अभियुक्तहरुलाई सोमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार  सम्मेलनको आयोजना गरी लागुऔषध मुद्दामा पक्राउ परेका दुई जना भारतीय र हतियार सहित पक्राउ परेका एक जना नेपालीलाई सार्वजनिक गरेको हो ।

पर्साको कालिकामाई गाउपालिकाको वाड नम्बर ४ बलुवाबाट दुइनाले नलकटुवा  पेस्तोल सहित पक्राउ गरेका ६२ वर्षीय हुसैन मियाँ र  वीरगन्जको बाइपास सडक खण्डबाट चार किलो चरेश सहित पक्राउ परेका भारतीय नागरिक वर्ष २० का पवन गुप्ता तथा पर्साको विन्दवासिनी गाँउपालिकाबाट एक किलो गाँजा सहित पक्राउ परेका भारतीय नागकिर ७० वर्षीय महोदिन देवानालाई  प्रहरीले सार्वजनिक  गरेको हो ।   

चरेश सहित भारतीय नागरिक गुप्ता र नलकटुवा पेस्तोल सहित नेपाली नागरिक मियाँलाई चैत्र १० गते पक्राउ गरेको थियो भने भारतीय नागरिक देवानलाई विहान प्रसौनिभाठाबाट एक किलो गाँजा सहित  पक्राउ गरेको  पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले जानकारी दिए । उनले पक्राउ परेका दुवै भारतीय नागरिक माथि लागुऔषध मुद्दा र हतियार सहित पक्राउ परेका नेपाली नागरिक मियाँमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताए ।

मकवानपुर जिल्लाबाट ल्याएको चरेश वीरगन्जको नयाँ बसपार्कबाट लिई भारत तर्फ पैदल जानेक्रममा गुप्तामाथि शंकालागि चेक जाँच गर्दा शरिरमालुकाई राखिएको ४ किलो ग्राम ( ८ पिस) चरेश बरामद भएपछि उनलाई आवश्यक अनुसनधानका लागि नियन्त्रणमा लिइएको  उपरिक्षक रेग्मीले जानकारी दिए । त्यस्तै पर्साको ग्रामिण भेगबाट खरिद गरिएको एक किलो ग्राम गाँजा लिई साइकलबाट भारततर्फ जानलागेका देवानमाथि शंकालागि चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएका लागुऔषध मकवानपुरको विभिन्न स्थानबाट ल्याइएको अनुसन्धानबाट देखिएपनि लागुऔषधको कारोवालाई निरुत्सहित गर्न छिमेकी जिल्लाका प्रहरी तथा नागरिक समाजसंग समन्वयन गरी विषेश अभियान संचालन गर्ने तयारीमा रहेको पत्रकार सम्मेलनमा उपस्थित रहेका संचारकर्मीहरुलाई उपरिक्षक रेग्मीले जानकारी दिए ।

उनले मकवानपुरमा उत्पादन भएइरहेको लागुऔषधको खेतीलाई नै समाप्त पार्न नागरिक समाज, राजनीतिक दल संगै सरकारी सयन्त्रको सांझा प्रयास आवस्यक रहेकाले सबैलाई विषेश अभियानमा  सहभागि गराउन जिल्ला प्रहरी कार्यालयले गृहकार्य गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ