arrow

‘एनालग’ च्यानल बुधबारदेखि बन्द

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
analogue-television.jpg

काठमाडौं । चैत्र १४ गते बुधवारवाट काठमाडौ उपत्यका भित्र सञ्चालित सबै एनालग प्रविधिका च्यानल बन्द हुने भएको छ   ।

सूचना तथा सञ्चार मन्त्रालयले चैत्र १४ गतेवाट काठमाडौ उपत्यका भित्र सञ्चालित सबै एनालग प्रविधिका च्यानललाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो।

साथै सुबिसु केवलनेटले बुधबारदेखि एनालग प्रविधिमा सञ्चालित टेलिभिजन सेवा बन्द गर्ने जनाएको छ ।

गाउँपालिकामा भने आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ। सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’मा ध्यान दिन आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ