arrow

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
electric-transmission.jpeg

काठमाडौं । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ ।

भारतले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारुमा दिदैं आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुनेगरी सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता पिपिए गरेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ