arrow

राष्ट्रपतिका लागि एमालेबाट विद्या उम्मेद्वार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1647483471.jpeg
काठमाडौं । नेकपा एमालेको प्रधानमन्त्री निवासमा जारी स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति पदमा उठाउने निर्णय गरेको छ । बैठकमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र भण्डारीका विषयमा छलफल भए पनि बैठकले भण्डारीकै पक्षमा निर्णय गरेको हो ।स्थायी समितिको वैठक जारी छ। 
 
एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार एमालेले आफ्ना नेताहरु झलनाथ खनाल, विद्या भण्डारी र सुवासचन्द्र नेम्वाङ मध्येबाट राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 
 
पहिलो महिला राष्ट्रपतिको रुपमा भण्डारीलाई अघी सार्दा सहज हुने आँकलन गरेपछि एमाले नेतृत्वले उनको नाममा निर्णय गरेको हो। तर सहमतिको लागि अन्य दल विशेषगरि काँग्रेसलाई आह्वान गर्ने निर्णय गरेको अवस्थामा आफैले राष्ट्रपति पनि पाउनुपर्ने अडानमा एमाले रहदा सहमतिको कुरा चर्चामा ल्याउने विषय मात्र हुने भन्दै काँग्रेसलाई साच्चै सहमतिमा ल्याउन वाध्य पार्न राष्ट्रपति काँग्रेसलाई दिनुपर्ने आवाज एमालेमा उठेको थियो। 
 
एमालेले राष्ट्रपतिमा विद्याको निर्णय गर्दा एमाओवादीले नन्दकिशोर पुनलाई उपराष्ट्रपतिमा उठाउने सम्भावना अधिक छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ