arrow

मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा पक्राउ

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
pakrau-new.jpeg

सुर्खेत । भारतको मुम्बई थाने भन्ने स्थानबाट २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

“आरोपित शाहीले नगद र गरगहना गरी भारतीय २७ लाख चोरेको जानकारी गराइएको छ तर संस्थागत तथ्यांक त्यस्तो केही छैन”, उनले भने। रुपैयाँ चोरेको-नचोरेको बारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । आरोपित शाहीका बारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ