arrow

अप्रिल फुल ! अप्रिल फुल !

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
april-fool-day.jpg

काठमाडौं । आइतबार अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ । यो दिन संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ।

यद्यपी यो दिवस संसारको कुनै पनि मुलुकले औपचारिक रुपमा भने मनाउँदैनन्। यो दिन एक अर्कालाई हानी नपुग्ने गरि रमाइलोका लागि एकछिनलाई मुर्ख बनाएर झुक्याउने गरिन्छ । 

तर हरेक वर्ष झुक्याउँदा खेरी साँच्चिकै जस्तो गरी दुःख दिने पनि गरिएको पाइन्छ । 

यस्तो छ इतिहास–

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने लिखित तथ्य छैन । 

तर मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।

त्यस्तै साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ जुन सन १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे । चान्सरको मतलव सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इङ्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो । 

तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । तर कुरा आयो १ दिनको त्यो ३१ तारिख पछिको दिनलाई मार्च ३२ भन्ने वा अप्रिल १ भन्ने यहि दोधारका बीच त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ