arrow

वेरोजगारी पीडाः सपना अमेरिकाको अलपत्र टोगोमा 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
berojgar.jpg

काठमाडौँ । अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका ६ नेपालीको उद्धार भएको छ । अमेरिका प्रवेश गराउने लोभ देखाएर दलालद्वारा टोगो पुर्‍याइएका उनीहरू ६ महिनादेखि अलपत्र परेका थिए । 

उनीहरू ११ महिनाअघि नै काठमाडौंबाट हिँडेका थिए । उनीहरूलाई भारत, थाइल्यान्ड हुँदै टोगो पुर्‍याइएको हो । त्यहाँ पुगेपछि लाखौं लिएर अमेरिका पुर्‍याउने दलालहरू सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेका थिए । 

उनीहरूलाई गैरआवासीय नेपाली तथा दक्षिण अफ्रिकास्थित नेपाली दूतावासको सहकार्यमा स्वदेश फिर्ता गराइएको परराष्ट्र अधिकारीले जनाए । अमेरिका पुर्‍याएबापत एक जनाबाट २५ लाखदेखि ३५ लाख लिएको जानकारीसमेत मन्त्रालयले पाएको छ । 

सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा तथा बागलुङका कमलबहादुर घर्ती, महेश्वर आचार्य, अशोक पौडेल र मनबहादुर पुन त्यहाँबाट काठमाडौं पठाउन लागेको गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले आफ्नो टवीटमा लेखेका छन् । 

दुई साताअघि परिवारले काठमाडौंमा उनीहरू टोगोमा अलपत्र परेको भनेपछि परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा उद्धारको पहल थालिएको थियो । (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ