arrow

कृत्रिम हात निःशुल्क सहयोग हुने

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
artificial-hand.jpg

काठमाडौं । नेपालमा अपांगता भएका बालबालिकाको संख्या बढ्दै गएको छ । जन्मजातदेखि विभिन्न दुर्घटनाका कारण अपांगता हुने संख्या बढ्दो छ । 

यसैबीच एउटा संस्थाले निःशुल्क कृत्रिम हात उपलब्ध गराउने जनाएको छ । उक्त संस्थाले नेपालका १८ वर्ष मुनीका हात (दायाँ या बायाँ) कुमसम्म नभएका बालबालिकाहरुलाई कृत्रिम हात निःशुल्क वितरण गर्ने जनाएको हो । 

आफ्नो घर, टोल, गाउँ, स्कुलमा त्यस्ता बालबालिकाहरु भए इमेल वा फोनमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । फोन नम्बर ९८४१२४१७३४ वा raby@santischool.org मा इमेल गर्न अनुरोध समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ