arrow

हाम्राकुराकर्मी सिग्देल सम्मानित

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
shree-krishna.JPG

स्याङ्जा । ६१ राष्ट्रिय सहकारी दिवसको अवसरमा हाम्राकुरा डटकम स्याङ्जा संवाददाता श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको छ ।

भीरकोट नगरस्तरीय सहकारीहरुले राष्ट्रिय सहकारी दिवसको अवसरमा संवाददाता सिग्देललाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट सहकारीहरुको समाचार लेखेबापत सिग्देललाई नगर स्तरीय सहकारी सञ्जालले सम्मान गरेका हुन् ।

भीरकोट नगरप्रमुख छाँयाराम खनाल, जिल्ला सहकारी संघका अध्यक्ष केशवराज लम्साल र कार्यक्रम संयोजक भक्तबहादुर केसीले दोसल्ला र कदरपत्रले सिग्देललाई सम्मान गरिएको थियो ।

सम्मान पछि भीरकोट नगर प्रमुख खनालले पत्रकारीताको माध्यमबाट सहकारीहरुलाई सफल बनाउन खेलेको भुमिकाको प्रंससा गर्दै आगामी दिनहरुमा पनि सहकारीहरुलाई सफलताको बाटोमा डर्‍याउन पत्रकारीताको भुमिका उल्लेख्य हुनेमा विश्वास व्यक्त गरे ।

समृद्ध मुलुक बनाउन कृषिको महत्वपूर्ण भुमिका हुने भएकाले किसानका समस्या र उत्पादनमा जोड दिन पत्रकारीताले अझै भुमिका खेलिदिन खनालले आग्रह गरे ।

उक्त समारोहमा नगरपालिका भित्र रहेर उत्कृष्ट सामाजिक कार्य गरेको भन्दै संन्त निंरकारी मण्डल, र र्‍यालीमा उत्कृष्ट सहभागीता जनाएको भन्दै ग्रामिण कृषि सहकारीलाई पनि सम्मान गरिएको थियो ।

हरेक बर्ष नगरस्तरीय मनाउने राष्ट्रिय सहकारी दिवसमा सम्मान कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक भक्तबहादुर केसीले बताए ।
 
मुलुक संघिय संरचनामा गए सगै स्थानीयतहमा सहकारी दिवस पहिलो पटक भीरकोट नगरपालिकाले मनाएको हो । राष्ट्रिय दिवस मनाउन जिल्ला सदरमुकाम पुग्ने सहकारीहरुलाई स्थानीयतहमा नै राष्ट्रिय दिवस मनाउन पाएकोमा स्थानीय सहकारीहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा भीरकोट नगरपालिकाका विभिन्न विषयगत ३४ सहकारीको उल्लेखनीय सहभागीता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ