arrow

सलमान धरौटीमा जेलबाट उम्किए

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
salman_khan.jpg

एजेन्सी । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ ।

सलमानका वकिलले गरेको जामनत अनुरोधबारे शनिबार फैसला गर्दै माथिल्लो अदालतले सलमानलाई जमानतमा रिहा गर्न भनेको हो । माथिल्लो अदालतका न्यायाधीश रवीन्द्र कुमार जोशीले शनिबार दिउँसो फैसला सुनाउँदै सलमानका वकिलको जमानत अनुरोध स्वीकार गरे । उनले घटनाको विस्तृत अध्ययन गरेर फैसला सुरक्षित राखेका बताइएको छ ।

योसँगै सलमान ५० हजार घरौटीमा रिहा भएका छन् । अदातले ७ मे भन्दा पहिले उनलाई अदालतमा उपस्थित हुन समेत भनेको छ ।

तर, सलमानले अदालतको अनुमतिविना देशबाहिर जान नपाउने भएका छन् । अदालतको आदेशपछि सलमानका वकिल र उनका प्रशंसकहरुले न्याय मिलेको बताए पनि विस्रोई समाज भने अदालतको फैसलाबाट दुःखी बनेको छ । त्यो समाजले फेरि आफू हाइ कोर्ट जाने समेत प्रतिक्रिया दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ