arrow

नुवाकोट–तारकेश्वर मैत्री समाज गठन

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
nuwakot_tarakswor_photo.jpg

काठमाडौं  । नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु एकजुट भएका छन् । तारकेश्वर १० स्थीत इमेज स्कुलमा आइतवार बृहद भेलाको आयोजना गदै नुवाकोट– तारकेश्वर मैत्री समाज, काठमाडौं गठन गरिएको छ ।

 इमेज स्कुलका प्रिन्सीपल रामगोपाल खडकाको संयोजकत्वमा १५ सदसीय कार्यसमिति चयन गरिएको छ । पदाधीकारी सदस्यहरुमा बिरबहादुर तामाङ, रबिन थपलिया, श्याम प्रसाद पाण्डे, पुष्पराज गजुरेल, शालीकराम सापकोटा, उत्तम श्रेष्ठ, इन्द्र गुरुङ, उत्तम अधिकारी, रामशरण श्रेष्ठ, सबिना गजुरेल, राधिका रिमाल, प्रविना उप्रेती, बिनोद मिश्र रहेका छन् ।

 पदाधीकारीहरुको कार्यविभाजन आगामी कार्यसमितिको बैठकले जिम्मेवारी दिने गरी भेलाले पदाधीकारीहरुको नाम अनुमोदन गरिएको हो । भेलाले नुवाकोट–तारकेश्वर मैत्री समाज, काठमाडौंको सल्लाहकार समितिमा चितित्सक संघका पुर्व अध्यक्ष डा. केदार नरसिंह केसी, तारकेश्वर नगरपालीका ९ का वडा अध्यक्ष बलराम सिटौला, नेपाल राष्ट्र बैकका बद्री प्रसाद खकुरेल, समाजसेवी रामप्रसाद अधिकारी, शिक्षा मन्त्रालयका उपसचिब अनिल मिश्र, साकुरा कन्सलटेन्सीका सञ्चालक अनुज कुमार श्रेष्ठ, लेखक÷शिक्षक बिष्णु पनेरु, समाजसेवी चन्द्र खडका, समाजसेवी ऋषि लोहनी, नुवाकोट काठमाडौं गणतान्त्रीक मञ्चका अध्यक्ष किरण कुमार रिजाल, समाजसेवी केशव कार्की, प्रशासक बद्री खडका, समाजसेवीहरु बच्चुराम रिमाल,आनन्दराज आचार्य, तारकेश्वर नगरपालीकाका श्रोत व्यक्ति रामेश्वर पौडेल, प्राचार्य दिनेश पाण्डे, ट्रेकिङ व्यवसायी राजेन्द्र डंगोल, समाजसेवी दिपकराज थापा, पत्रकार बिष्णु जमरकटेल, बासुकीनाग टोल सुधार समितिका अध्यक्ष समाजसेवी हरिशरण पाठक, समाजसेवी उपेन्द्र लामा सहित २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ