arrow

बुढानिलकण्ठ नगरपालिकाका अधिकृत लिला र इन्जिनियर विजेन्द्र ५ लाख घुस सहित पक्राउ

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
lila-adhikari.jpg

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय नजिकै सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति करिब ८ बजे रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट बुझेको घुस वापतको रकम रु ५ लाख इन्जिनियर विजेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीलाई बुझाउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर र उपमेयर सहित अधिकाशं पदमा नेकपा एमालेका तर्फबाट निर्वाचित छन्।

सेवाग्राहीहरुलाई अनावश्यक कर्मचारीले दुख दिदा स्थानिय जनप्रतिनिधीहरु बोल्न नसकेको स्थानियहरुको गुनासो थियो।

हालै केहि स्थानिहरुले कर्मचारीको व्यवहारबाट आजित भएर अख्तियारमा उजुरी गरेपछि प्रमुख प्रशासकिय अधिकृत सहित इन्जिनियर पक्राउ परेका  हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ