arrow

शोक पारित गर्दै बैठक स्थगित

logo
बाजुरा
प्रकाशित २०७४ चैत २७ मंगलबार
bajura-sadasya.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाको नगर कार्यपालिकाको बैठक शोक पारित गर्दै स्थगित भएको बडीमालिका नगरपालिकाले जनाएको छ । नगर कार्यपालिका सदस्य तथा ३ नं वडा दलित सदस्य टेक बहादुर चदाराको गएको शनिबार रुखबाट खसेर मृत्यु भएपछि आज बस्ने कार्य पालिकाको बैठक विषयमा प्रवशे नै नगरी शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको नगर उप प्रमुख कविता विष्टले बताइन् ।
 
मंयलवार बस्ने भनिएको नगर कार्यपालिका बैठकले विभिन्न पाँच वटा एने निर्दशिकामा छलफलका विषयमा प्रवेश नभई शोक पारित गर्ने निर्णय गर्दै स्थगित गरिएको नगर प्रमुख पदम बडुवावले बताए ।
 
उनले नगर कार्यपालिका एक सक्रिय जनप्रतिनिधीको मृत्यु भएकोले शोक पारित गरेर बैठक  बुधबार विहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको बताए । बुधबार हुने नगर कार्यपालिकाको बैठकमा बडीमालिका नगर युवा नीति २०७४,स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधी २०७४,बडीमालिका नगरपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी २०७४, बडीमालिका नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी २०७४ मा छलफल हुने प्रमुख प्रकाशकियअधिकृत त्रिलोक चन्दले बताए ।

यसैगरी बुधवार विहान हुने बैठकमा बडीमालिका नगरपालिका “घ”  वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्य विधी २०७४, बडीमालिका नगरपालिका एकिकृत सम्पत्ती कर व्यवस्थापन कार्यविधी २०७४, र विविध विषयमा छलफल हुने प्रशासकिय अधिकृत चन्दले जानकारी दिए ।
    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ