arrow

स्वास्थ्य चौकीले नै दिदैन् गर्भ परीक्षण र प्रसुति सेवा

महिला स्वास्थ्यस्वयंमसेविकाले स्वास्थ्य चौकी पठाउने, स्वास्थ्यकर्मीले अन्यत्र अस्पताल

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत २७ मंगलबार
pregenent.jpg

पाल्पा ।  मान्यता प्राप्त स्वास्थ्य चौकी भएपनि रामपुर नगरपालिकामा रहेको दर्छा स्वास्थ्य चौकीले नै गर्भ परीक्षण र प्रसुति सेवा दिन सकेको छैन ।

स्वास्थ्य संस्था स्वास्थ्य चौकीमा स्तरउन्नति भएसँगै झण्डै २ बर्षअघि देखि गर्भवती जाच देखि प्रसुति सेवा दिनुुपर्ने हो र यहाँको स्वास्थ्य चौकीले यो सेवा नदिदा दर्छा माथिल्लो क्षेत्रका महिलाहरु घण्टौ हिडेर रामपुुर पुुग्न बाध्य छन् । रामपुर नगरपालिकाबाट नजिकमा पर्ने वडा नम्बर ३ र ४ साविक दर्छा गाबिसलाई लक्षित स्वास्थ्य चौकीको अबस्था हो यो ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बेस नेपालले गरेको सामाजिक परिक्षणका क्रममा स्वास्थ्य चौकीले दरबन्दी भएपनि स्रोत साधनको कमीका कारण सेवा प्रवाह शुन्य देखाएपनि स्थानिय महिलाले गर्भवती महिलालाई लक्षित गरि सेवा दिन माग गरेका छन् । स्वास्थ्य चौकीमा १ जना हेल्थ असिस्टेण्ट, १ सिनियर अहेव र १ अहेव, २ अनमी र १ कार्यालय सहयोगी रहेका छन् । २ अनमीमा १ अनमी पद रिक्त रहेको छ भने सिनियर अहेव काजमा नगरपालिका स्वास्थ्य शाखामा छन् । अनमीको दरबन्दी भएपनि यस स्वास्थ्य चौकीमा गर्भवती सम्बन्धी जाच र प्रसुति सेवा अहिलेसम्म सञ्चालन हुन सकेको छैन । गर्भ बसेको छ कि छैन भनेर  जाच गर्न र नियमित जाच गर्न हामीसँग कुनै सामाग्री नै छैन स्वास्थ्य चौकीका अनमी लक्ष्मीदेवी बस्यालले भनिन् । बस्याल गत असार ११ देखि स्वास्थ्य चौकीमा हाजिरी भएकी छन् ।

नगरपालिकाको केन्द्रबाट नजिकै रहेपनि बिकट भन्दै कर्मचारी सुरुवा हुने कारण सेवा दिन नसकिएको वडा नम्बर ३ का अध्यक्ष दिनेश कुमार खनालले बताए । महिना दिन पनि टिक्न सक्दैनन्–खनालले भने– स्वास्थ्यको जिम्मेवारी थानिय निकायमा आएको र जनप्रतिनिधि भएकाले अब त्यस्तो समस्या हुदैन ।

गर्भ बसेको शंका लागेर आउने महिला र गर्भवती अबस्थामा केही समस्या आएको खण्डमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले अन्य अस्पतालमा जान भन्दै आएका छन् । अन्यत्र भन्दा नजिक र सरकारी संस्था भएकाले त्यस्तो अबस्थाका सेवाग्राहीलाई रामपुर अस्पतालमा पठाउने गरेको अहेव कृष्ण प्रसाद वाग्लेले बताए ।

गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाएपछि तीन घण्टाको बाटो पैदल हिडेर रामपुर अस्पतालमा जाने गरेको देवी थापाले बताइन् । गर्भ बसेको थाहा भएपछि महिला स्वास्थ्य स्वयम्सेविकाबाट आइरन चक्की पाएपनि आफु रामपुर नै जानुुपरेको चन्द्रकुमारी बि.क.ले बताइन् । “घर नजिकै स्वास्थ्य चौकी छ,स्वास्थ्य चौकीमा गर्भवती स्वास्थ्य परिक्षण गरिन्छ भनिन्छ तर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले अन्यत्र जान सल्लाह दिन्छन् साविक दर्छा सीताकुण्ड, गैलुक, मौलाथर, लामटाङ्ग लगायत त्यस क्षेत्रका महिलाको गुनासो छ ।

स्वास्थ्य स्वयंमसेविकाको मासिक छलफल र प्रगति समिक्षामा आफ्ना वडा तथा गाउँका महिलालाई गर्भ जाच गर्न अनिवार्य स्वास्थ्य चौकीमा जान कडाई गरिन्छ तर यहाँका महिला स्वास्थ्य स्वयम्सेविका भने अन्योलमा रहेको महिला स्वास्थ्य स्वयंम्सेविका मिठ्ठु मल्लले भनिन् । गर्भ जाच गर्न स्वास्थ्य चौकीमा पठाउन लगाउनुहुन्छ हामीले भन्दा ढाटेजस्तो हुन्छ त्यैपनि स्वास्थ्य चौकीमा नै जाच गर्ने सन्देश दिदै हिड्छु मल्लले भनिन् । घर नजिक पायक पर्ने स्वास्थ्य चौकीमा महिलाको गर्भ जाच सम्बन्धी सेवा नहुँदा निकै अफ्ठ्यारो भएको उनले सुनाइन् । महिला स्वास्थ्यकर्मीसँग गर्भ परिक्षण गर्न आए तर यहाँ छैन भनेपछि त्यसदिन आफु फर्किएर केही दिनको चाजोपाजो मिलाएर रामपुर गएको अनुभव मायाँ रानाले सुनाइन् ।

स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट रामकिशोर रायले गर्भवती महिलाका लागि आफुहरुले सेवा दिन तत्पर रहेको बताए । गत पुष अन्तिम सातादेखि यस स्वास्थ्य चौकीमा सरुवा भई आएका रायले यसबारे आफुले सोधी खोजी गरि सम्बन्धित नगरपालिका र स्वास्थ्य कार्यालयमा जानकारी गराएको बताए । जनशक्ति छ स्रोतसाधनको व्यबस्था गरे आफुुहरुले सामान्य चेकजाच सेवा दिन सक्ने उनको भनाई छ । स्वास्थ्य चौकीमा प्रसुति सेवा कक्ष पनि छ तर त्यस कोठामा केही टेवल छ भने स्टोरका रुपमा छ ।

“दरबन्दीको अभाव,स्रोत साधनको अभावमा तोकिएअनुसारका सेवा सुबिधा दिन नसक्दा गाउँका जनताले निकै सास्ती भोग्नु परेको रायको भनाई छ । नियमित रुपमा गर्भ परिक्षणकै लागि घण्टौँ समय खर्चिएर उकालो ओरालो गर्दै रामपुर अस्पताल सम्म पुग्न यहाँका महिलालाई निकै कठिन छ उनले थपे । गर्भ जाच र ४ पटक नियमित गर्भपरिक्षणमा यस क्षेत्रका नागरिकले सास्ती व्यहोर्नु परेको छ । गाउँमा नियमित सवारी साधन नभएकाले पनि थप मर्का परेको स्थानिय सेतु राम आलले बताए ।

लक्षित जनसंख्या अनुसार लक्ष्य निर्धारण नभएपनि दर्छा स्वास्थ्य चौकीमा खोप कार्यक्रम भने निकै राम्रो छ । स्वास्थ्य चौकीमा परिवार नियोजन अन्तर्गत सेवा प्रभावकारी देखिएको छ । गतबर्ष ४१ जनाले डिपो र २९ जनाले पिल्स प्रयोग गरेका छन् । गतबर्ष २०७३-०७४ मा १ हजार २ सय ६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

दर्छा स्वास्थ्य चौकी सहित यस वडामा २ गाउँघर क्लिनिक र ४ खोपकेन्द्रले पनि स्वास्थ्य सेवा दिएको छ । २०५० सालमा स्थापना भएको दर्छा चौकीको नाममा लालपुर्जा र रजिष्टेशन छैन । यसले भवन निर्माण र थप सेवा बिस्तारमा समस्या देखिएको स्थानियको भनाई छ । स्थानिय निकायको निर्वाचन पनि स्वास्थ्य चौकी व्यबस्थापन समिति चयन हुुनुपर्ने भएपनि नयाँ समिति गठन हुन सकेको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ