arrow

कति रहेछ शिक्षा मन्त्रीको सम्पत्ति ?

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
giriraj_p.jpg

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

अहिले शिक्षा, विज्ञान तथा प्रविधि गाभिएर एउटै मन्त्रालय भएको छ । पोखरेल पहिलेपनि शिक्षामन्त्री भइसकेका थिए । कति रहेछ त मन्त्री पोखरेलको सम्पत्ति ? पत्रकारसँग उनले भने, ‘करिब २३ रोपनी जग्गा छ ।’ त्यसको स्रोत पैत्रिक भनेका छन् उनले । मन्त्री पोखरेलले त्यो पनि एउटा स्मृति प्रतिष्ठानलाई प्रदान गरेको भनेका छन् ।

एभरेष्ट बैंकमा ३ लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा १३ हजार १ सय १३ रुपैयाँ रहेको जानकारी मन्त्री पोखरेलले दिएका छन् । उनले त्यसको पनि स्रोत खोलेका छन् ।

दुवै बैंकमा रहेको रकम संविधान सभा सदस्य तथा मन्त्री हुँदा प्राप्त भएको हो । अनि उनले जनएकता पत्रिकामा आवद्ध हुँदा आएको केही रुपैँया समेत त्यसैमा राखेको भनेका छन् ।

पोखरेल सामान्य जीवन यापन रुचाउने नेताका रुपमा चिनिन्छन् । यसअघि उनी शिक्षामन्त्री हुँदा चिकित्सा शिक्षा आयोग बनाउन ऐनका लागि पहल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ