arrow

प्रदेश ५ को स्थितीपत्र : प्रदेशमा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत २९ बिहिबार

बुटवल ।  प्रदेश ५ सरकारले स्थितीपत्र सार्बजनिक गरेको छ । सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अबस्था सार्बजनिक गरेको हो ।

बिहिवार बसेको प्रदेश सभा बैठकमा ५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढी सबैमा आग्रह गरे।

पोखरेलले प्रदेशको समग्र बिकास र समृद्धिका प्रदेश सरकारले बिकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन सबै प्रदेश बासीहरुमा अपिल गरे ।

बैठकमा मुख्यमन्त्रि पोखरेलले प्रदेश नम्वर ५ समग्र प्रदेशहरुको अवस्था हेर्दा चौथो स्थानमा रहेपनि सम्भावना पहिचान गरी श्रोतहरुको सहि सदुपयोग गर्न सके उत्कृष्ठ प्रदेश बनाउन सकिने बताए ।

१२ जिल्ला रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार जनसंख्या रहेको छ । विभिन्न कोणबाट अध्ययन गर्दा यस प्रदेश धेरैजसोमा तेस्रो तथा चौथो अवस्थामा रहेको छ ।
प्रदेश ५ मा ११ हजार किलोमिटर सडक रहेको स्थितिपत्रमा उल्लेख छ । रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की रहेको छ ।

नवलपरासीमा जम्मा ११ प्रतिशत ग्रामीण सडक पक्की रहेको पनि स्थितिपत्रमा उल्लेख छ । सडकसहित अन्य विकास निर्माणमा पश्चिमका जिल्लाहरू पछाडि परेको तथ्यांक रहेको छ ।

प्रदेशमा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन । ५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश भएसंगै प्रदेश सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । बिहिवार पेश भएको स्थितिपत्र प्रदेश सभाबाट पास भने गर्नुपर्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ