arrow

प्रदेश १ ले लत्यायो केन्द्रको निर्णय, सार्वजनिक बिदा थप तीन दिन दिने 

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
pradesh1-budget.JPG

विराटनगर । प्रदेश नं १ सरकारले प्रदेशमा तीन दिन थप सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आदिवासी जनजाति दिवस, जनैपूर्णिमा र छठ पर्वमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।  

बैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यवधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय समेत गरेको छ । राजपत्रमा सरकारको अध्यादेश र ऐन, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रो भागमा प्रकाशित गर्ने निर्णय भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ