arrow

खुँजेली वाणिज्य बैंकमा पहिलो महिला सिइओ

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
anupama-khujeli.jpg

काठमाडौं । अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् ।

अनुपमा खुँजेली
 सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक (तत्कालीन ग्रिन्डलेज बैंक)बाट करिअर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंकमा पुगेकी थिइन् । तत्कालीन सिइओ अनिल शाहले दुई कार्यकाल समाप्त गरी मेगा बैंक छाडेपछि सञ्चालक समितिले उनलाई २३ मंसिरदेखि लागू हुने गरी कामु सिइओमा नियुक्त गरेको थियो । त्यसको चार महिनापछि उनी पूर्ण सिइओमा नियुक्त भएकी हुन् ।

यसैबीच माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा सुमन शर्मा नियुक्त भएका छन् । २८ चैतमा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेकोहो । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ सुरु गरेका थिए ।

शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए । माछापुच्छ्रे बैंकमा समेत करीब ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ