arrow

१९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
nepal-india-flag.jpeg

काठमाडौं । नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह इपिजीको आठौँ बैठक दिल्लीमा सुरु भएको छ । शुक्रबार सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिँदै छ ।

‘सबै विषयमा छलफल भइरहेको छ, विचारको आदान–प्रदान भइरहेको छ,’ दिल्लीबाट इपिजी नेपालका संयोजक डा। भेषबहादुर थापाले भने । उनले यो बैठकबाट धेरै विषय टुंगिने पनि बताए । भारततर्फका संयोजक भगतसिंह कोस्यारीले पनि छलफल सकारात्मक रूपमा अघि बढेको प्रतिक्रिया दिए ।

गत शनिबार प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तामा १९५० को नेपाल–भारत सन्धिबारे छलफल भएको थियो । प्रधानमन्त्री ओलीले इपिजीले आगामी असारसम्म २१औँ शताब्दीको यथार्थबोध हुने प्रतिवेदन दिने र कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका थिए ।

मोदीले त्यसमा सहमति जनाएका थिए । बैठकमा १९५० को सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपालले राखेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । 

बैठकमा नेपालबाट डा भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा। राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती सहभागी छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ