arrow

सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे

भारत लक्षित लगानीमा उत्साहजनक सहभागिता

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
sagoon1.JPG

काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसगै भारतीय प्रयोगकर्ताहरुको उत्साहजनक रुपमा एप प्रयोग गर्न थालेका छन् । छोटो समयमा नै १ मिलियन भन्दा बढी पटक भारतीयहरुले एप डाउलोड गरेर दैनिक जीवनमा प्रयोगमा ल्याएका छन् । भारत भन्दा बाहिर समेतको प्रयोकर्ताहरु जोड्ने हो भने २ मिलियन प्रयोगकर्ताहरुले सगुन चलाउन थालेका छन् ।

एपसगै डेक्सटप भर्सन पनि परिर्माजित भएर सार्वजनिक भएको छ । एपमा भएका फिचरहरु नै डेक्सटप भर्सनमा चलाउन सकिने कम्पनीले जनाएको छ । भारतमा हिन्दुस्थान टाइम्सले ५ मिलियन डलर इन्भेन्टमेन्ट गरेको समाचार सार्वजनिक भएसगै ठुला इन्भेन्टरहरुले समेत चासोका साथ हेरिरहेको जनाइएको छ ।

बिशेषत भारतीयहरुलाई लक्षित गरी क्राउड फन्डिङको तेस्रो राउन्डको लगानी भित्राउने समय मे ३१ सम्म कायम राखेको छ । भारतीयहरुलाई लक्षित गरे पनि बिश्वभरबाट बैकमा खाता भएकाहरुले sagoon.com/invest मा गएर डेभिड एण्ड क्रेडिट कार्ड मार्फत वा बैकबाट वायर ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन । लगानी कर्ताले प्रति सेयर २३ डलरमा कम्तिमा पनि एक हजार डलर लगानी गर्नु पर्नेछ । आम्दानी हेरेर बढीमा जति पनि लगानी गर्न सकिनेछ । यो लगानीलाई ब्यक्तिगत तथा संस्थागत लगानीको लागि अन्तिम लगानी रहेको समेत सगुनले जानकारी दिएका छन् । नेपाल भित्रबाट भने बैदेशिक लगानीमा गर्न खोलिनसकेकोले लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने नेपालीहरुले भने लगानी गर्न सक्नेछन ।
   
सगुनमा अकाउन्ट कसरी बनाउने ? साथीहरुलाई कसरी एड गर्ने ?

सोसियल इकमर्स साइट सगुनको मोवाइल एप सार्बजनिक भएपछि यसको प्रयोगकर्ता निकै बढेका छन् । आफ्नो सन्देश परिचय लुकाएर पोस्ट गर्न सकिने, मुड अनुसार च्याट गर्न सकिने, पठाएको सन्देश पाउनेले पढेपछि आफैं डिलिट हुनेजस्ता विशेषताले युवाहरुबीच सगुन एप लोकप्रिय हुँदै गएको छ । डेक्सटप भर्सन पनि सार्वजनिक भइसकेको छ ।

सगुनमा लगइन कसरी गर्ने ?

सगुनमा आफ्नो एकाउन्ट बनाउन फेसबुकमा भन्दा सजिलो छ । तपाईंले सगुनको मोवाइल एप डाउनलोड गरेपछि पहिले ‘साइन अप’ गर्नु पर्छ ।
साइन अप भनेको सगुनमा आफ्नो ‘अकाउन्ट’ बनाउनु हो । त्यसका लागि तपाईंसँग कुनै इमेल एकाउण्ट चाइने छ । तपाईंले मोवाइल नम्बर राखेर पनि सगुनको एकाउण्ट खोल्न सक्नुहुनेछ । गुगल एकाउन्ट खोलिराख्नु भएको छ भने ‘साइन अप युजिङ गुगल’ मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंसँग सगुनले गुगलको एकाउन्ट प्रयोग गर्न अनुमति माग्छ । तपाईंले ‘एल्लो’ मा क्लि गरेर अनुमति दिएपछि तपाईंले जस्तै जिमेलमा एकाउन्ट बनाउँदा भरेको विवरणको आधारमा सगुनको अकाउन्ट ‘क्रिएट’ हुन्छ ।

फोन नम्बरबाट सगुनमा अकाउन्ट बनाउँदा एपको पुछारमा रहेको ‘साइन अप युजिङ अदर अप्सन’ मा क्लिक गर्नु पर्छ । त्यसमा क्लिक गरेपछि एउटा फर्म खुल्छ । त्यसमा तपाईं आफ्नो नाम, इमेल वा फोन नम्बर भरेपछि ‘पासवर्ड क्रिएट’ गरेर सगुनमा अकाउन्ट बनाउन सक्नु हुन्छ ।

साथीलाई कसरी एड गर्ने ?

सगुनमा अकाउन्ट क्रिएट गरेपछि तपाईं इमेल वा फोन नम्बरका साथ पासवर्ड प्रयोग गरेर ‘लग इन’ गर्न सक्नु हुन्छ । लग इनपछि ‘माइ डे’, ‘सेक्रेट’ र ‘मुड टक’ गरी तीन वटा फिचर देखिने छन् । तपाईंले एप चलाउनु अघि साथीहरुलाई एड गर्नु पर्ने हुन्छ । यसका लागि एपको टप राइट साइडमा देखिने टिपल लाइनमा क्लिक गर्नुस् । त्यहाँ तपाईंले कन्ट्याक्ट अप्सन देख्नु हुनेछ । त्यसमा क्लिक गरेपछि ‘माइ कन्ट्याक्टस्’, ‘सजेसन्स’, ‘इन्भाइट’ र एड यु’ अप्सन देखा पर्ने छ । माइ कन्ट्याक्टस्मा तपाईंको इमेलमा रहेका साथीहरु देखिनेछन् । त्यसमा देखिएका साथीलाई तपाईंले क्लिक गरेर ‘रिक्वेस्ट’ पठाउन सक्नु हुनेछ । सजेसन्समा तपाईंको निकटहरुसँग जोडिएका साथीहरुलाई एड गर्न सगुन आफैंले सुझाव दिने छ ।

तिनीहरुलाई एड गर्दा सगुनले फ्रेन्डस’, ‘फेमिली’ र ‘को–वर्कर’ कुन समुहमा जोड्ने भनेर तपाईंलाई सोध्ने छ । त्यसरी तपाईंले आफ्ना साथीलाई कुनै समुह छनौट गरेर जोड्न सक्नु हुनेछ । इन्भाइट अप्समा क्लिक गरेपछि तपाईंको जिमेल, याहु, विन्डोज मेल लगायतमा रहेका कन्ट्याक्ट लिस्टका साथीहरुलाई सगुनको अकाउन्ट बनाउन वा तपाईंसँग जोडिन अनुरोध पठाउन समेत सकिनेछ । ‘एड यु’ अप्सनमा क्लिक गर्दा तपाईंलाई कसकसले साथीका रुपमा एड गरेका छन् भनेर सूची देखाउने छ ।


तपाईं पनि सगुनको मोवाइल एप डाउनलोड गरेर यसले दिने फिचरहरुको मज्जा लिने कि ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ