arrow

अझै व्यवस्थित बनेन स्थानीय सरकार

logo
जीवन शर्मा,
प्रकाशित २०७५ वैशाख १ शनिबार
okhaldhunga.png

ओखलढुंगा । ओखलढुंगाका स्थानीय तह अझै व्यवस्थित बन्न सकेका छैनन् । स्थानीय तहको निर्वाचन भएको एक बर्ष पुग्न लाग्दा समेत यहाका स्थानीय सरकारले आन्तरिक व्यवस्थापन गर्न नसकेको हो । नागरिकले सिंहदरबार बाट पाउने सबै सेवा स्थानीय तह बाटै पाउँने आश्वासन बाडेका राजनीतिक दल र उमेद्वारहरुले अहिले चुनावमा गरेका सबै प्रतिवद्धता पुरा नहुँने बताउँन थालेका छन् ।

 नेपालमा सङ्घीयता कार्यन्वायन भएर तीनै तहको निर्वाचन समेत भैसकेपनि नागरिकले सहज ढंगबाट सेवा पाउन सकेका छैन्न । ओखलढुंगाका धेरैजसो गाउँपालिकाको केन्द्र तोकेको स्थानमा कुनै भौतिक संरचना निर्माण गर्न नसक्ने अवस्था समेत नहरेको गाउँपालिका प्रमुखहरुले बताउँदै आएका छन् । गाउँपालिकाले स्थानीयको घर भाडामा लिएर कार्यसञ्चालन गर्दै आएको भवनहरु पर्यप्त नहुँदा सेवा प्रवाहमा असहजता देखिएको चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसीले बताए । स्थानीय तहबाट प्रवाह हुने सेवा समेत सदरमुकाम नजिकै रहेको मोलुङ गाउँपालिकाले त जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेर नागरिकलाई सेवा दिदै आएको छ ।

 स्थानीय सरकारका प्रतिनिधिहरुले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेर सेवा प्रवाह गर्ने हो भने सङ्घीयताको कुनै अर्थ नदेखिएको मोलुङ गाउँपालिकाका स्थानीय सन्तोष दाहालले गुनासो गरे । ओखलढुंगाका प्रायः सबै गाउँपालिकाकाले कार्यलय व्यवस्थापनका लागि भनेर नेपाल सरकारबाट एक करोडका दरले आएको अनुदान बाट घर भाडा र फर्नीचरको व्यवस्थापन गरेको बताए छन् । तर त्यो बजेट के कसरी खर्च गरियो र त्यसको उपलब्धि के भयो भन्ने विषयमा कसैले चासो दिएका छैनन् । कतिपय गाउँपालिका प्रमुखले सो रकमबाट सामान खरिद गर्दा आफ्नो चुनावी खर्च समेत उठाँउन भ्याएको गाउँसभाका सदस्यहरुले बताउन थालेका छन् । प्रति गाउँपालिका एक करोडका दरले खर्च भएको देखिएपनि गाउँपालिकाले दिने  सेवा प्रवाहमा साविक गाविसले दिने सेवा भन्दा फरक नभएको चिशंखुगढी गाउँसभाका सदस्य चिरन भट्टराइले बताए ।

 एक नगरपालिका सहित आठ वटा स्थानीय तह रहेको ओखलढुंगाका कुनै पनि गाउँपालिकामा आफ्नो पर्याप्त भैतिक संरचना छैनन् । सिद्धिचरण नगरपालिका सहित केही गाउँपालिकाले साविककै गाउँ विकास समितिको भवनबाट सेवा दिदै आएका छन् भने धेरैले व्यक्तिको घर भाडामा लिएर बसेका छन्  । ती स्थानीय तहले दिने सेवा प्रवाहमा साविकको भन्दा कुनै परिवर्तन नआएको स्थानीयहरु बताउँछन् । प्रदेश सरकार बाट  स्थानीय तह सञ्चालन सम्बन्धि कानुनहरु बनाउन ढीलाइ गर्दा स्थानीय तहहरु व्यवस्थित बन्न नसकेको जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जय बहादुर श्रेष्ठले बताए । स्थानीय तहलाइ व्यवस्थित र जनमैत्री बनाउँने विषयमा प्रदेश तथा केन्द्रीय सरकारसंग आफुले समन्वय गरिरहेको श्रेष्ठको भनाइ छ ।      

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ