- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानतर्फ अगाडि बढ्दै छ । लिभरपुलले शनिबार राति एएफसी बर्नमाउथलाई ३–० ले हरायो । लिभरपुललाई जिताउन सादियो माने, मोहम्मद सलाह र रोबर्टो फर्मिन्होले गोल गरे ।
सलाहले एउटा कीर्तिमान बनाएका छन् । उनले लिभरपुलका लागि एकै सिजनमा ४० गोल गरिसकेका छन् । लिभरपुल पनि लिगको दोस्रो स्थानतर्फ अगाडि बढेको छ ।
लिगमा म्यान्चेस्टर सिटीको ३३ खेलबाट ८७ अंक छ । ३२ खेलबाट म्यान्चेस्टर युनाइटेडको ७१ अंक छ भने लिभरपुलको ३४ खेलबाट ७० अंक भएको छ ।