arrow

गाउँपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
ilam_district_map.png

मंगलबारे । इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । 

अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए ।

सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ । 

स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ