arrow

सर्वोच्च अदालतले थाल्यो नियमित पत्रकार सम्मेलन, नौ महिनामा आठ हजार मुद्दा फछ्र्यौट

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
supreme-court.jpg

काठमाडौँ । सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको विवरण सार्वजनिक गरेको हो ।

आइतबार अदालतमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको बताए ।

सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार आइतबार पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फछ्र्यौट विवरण सार्वजनिक गरेको हो ।

उनले गत वर्षभन्दा यो वर्ष मुद्दा फछ्र्यौट बढेको बताए । गत वर्ष २७ हजार ९२९ मुद्दामा २९।८ प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको उनले बताए ।

विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । उनले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको बताए ।

उनका अनुसार अझै १९ हजार ६०५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फछ्र्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३।९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ ।

अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ