arrow

अपांगता भएकाले पढ्न नपाउने ? 

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
yam-disable-palpa.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उचच् अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस बर्षको भर्ना अभियान सुरु गरे। शिक्षा कार्यालय मुगुले १६ बालबालिका नौ छात्र र सात छात्रा लाई भना गराउन राताताल किनारमा भेला पारेको थियो। 

तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल। प्रधानमन्त्री र मन्त्रीले १५ जनालार्य पायक पर्ने विद्यालयमा भर्ना गराए। ६ बर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे।

छात्राको अभिभावकत्व गहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छोन्तोम लामालार्य भर्ना गराईन। तर, कार्यक्रममा ल्याईएका कुलालाई कसैले भर्ना गर्न सकेनन्। कारण थियो, अपांगता। अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन। 

विद्यालयमा उनलार्य आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ