arrow

जन्मदिनमा खर्चिने रकमले विद्यालयमा अक्षयकोष

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
birthday-cake.jpg

फलेवास । पछिल्लो समय युवायुवती, विद्यार्थी र बालबच्चाको जन्मदिनका अवसरमा लाखौँ रुपैयाँ खर्च गरेर भोजभतेर गर्ने चलन छ । 

शहरमा मात्र नभई पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको अवस्थामा यहाँका एक वृद्धले आफ्नो जन्मदिनको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । 

पर्वतको सदरमुकाम कुश्माबजारका एक वृद्धले ७७औं जन्मदिनको अवसर पारेर स्थानीय एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

राजनीतिज्ञ तथा समाजसेवी तोयनाथ चालिसेले आफ्नो जन्मदिनका अवसरमा स्थानीय शिवालय माविमा रु एक लाख ५० हजारको अक्षयकोषको स्थापना गरेका हुन् । 

विद्यालयका संस्थापकसमेत रहेका चालिसे, उनकी धर्मपत्नी भीमकुमारी चालिसे र छोरी इन्दु चालिसे गौतमले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीलाई संयुक्त रुपमा आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् । 
 
आफ्नो ७७औँ जन्मदिनका अवसरमा उक्त सहयोग गरेको र आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने उनले बताए ।

उनले आर्थिक कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने बताए । 

कोषमा प्रत्येक वर्ष रकम थप गर्दै लगिने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ