arrow

नेताहरुको चाकडी नगर्न सिटौलाको आग्रह

नेतृत्वप्रति कांग्रेस कार्यकर्ताहरुको व्यापक असन्तुष्टि

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
vetghat_1.jpg

इनरुवा ।  नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेस सुनसरीले कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री कृष्ण सिटौलाको प्रमुख उपस्थितिमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नव वर्ष शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागि कार्यकर्ताहरुले असन्तुष्टि पोखेका हुन् ।

 उनीहरुले नेताहरुको कार्यशैली ठीक नभएको, पाटीको आदर्श, नीति र कार्यक्रमलाई व्यवहारमा लागु नगरेको, पाटी र संगठनलाई बलियो बनाउनु भन्दा पनि आफु बलियो हुन गुट र उपगुटको राजनीति गरेको, लोकतान्त्रिक शक्तिहरु र एमाओवादी वीच सरकारमा संगै भएतापनि सहकार्य गर्न नसकेको, पाटी मनपरी ढंगले चलाएको, पाटीको नेतृत्वमा आउन जथाभावी क्रियाशील सदस्य वितरण गरेको जस्ता आरोप लगाउंदै व्यापक असन्तुष्टि व्यक्त गरेकाछन् ।

पूर्व महामन्त्री सिटौलाले कार्यकर्ताहरुले राखेका जिज्ञासा र असन्तुष्टिहरुलाई गम्भिर रुपले लिएको भन्दै अब बस्ने केन्द्रिय समितिको बैठकमा जस्ताको तस्तै प्रस्तुत गरी संवोधन गराउन पहल गर्ने र पाटीलाई अब विधान र पद्धति बमोजिम सञ्चालन गर्ने, संगठन विस्तार र सुदृढिकरण गर्ने, प्रशिक्षणका कार्यक्रमहरु राख्ने र आवश्यकतानुसार विधान संशोधन गरी पाटीलाई नयां जीवन र उर्जा दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले कार्यकर्ताहरुलाई आफुले दिएको सुझाव सबभन्दा पहिला आफैमा लागु गर्न र नेताहरुको चाकडी नगर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ