arrow

सिरिया आक्रमणको अमेरिकामा विरोध

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
birod.JPG

एजेन्सी । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि जम्मा भएर हजारौँ अमेरिकीले आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले त्यस अवसरमा राष्ट्रपति ट्रम्पको विरुद्धमा नाराबाजी पनि गरेका छन् ।

प्रदर्शनकारीहरूले पहेँलो ब्यानर लिएर सिरियामा आक्रमण गर्ने काम तत्कालै बन्द गर्न भनेका छन् । उनीहरूले युद्धको बाटो छोडेर शान्तिको मार्ग रोज्न आह्वान गरेका छन् ।

उता राष्ट्रपति ट्रम्पले भने सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेर हजारौँ नागरिक मारेको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको स्पष्ट गर्नुभएको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ