arrow

सुकुटे रिजोर्टमा भातै नखाइ फर्के प्रचण्ड

प्रचण्डलाई २० प्रतिशत डिस्काउन्ट

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
prachanda-sukute.JPG

काठमाडौं ।  माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गजबको बानी छ, जब तनाव थपिन्छ फुत्त काठमाडौं बाहिर निस्कन्छन् । धुलिखेल, नगरकोट र सिन्धुपाल्चोकको सुकुटे, दाहालको “तनाव बिसौनी” बन्ने गरेको छ । केही वर्षयता प्रचण्डका वर्षको कम्तिमा २ पल्ट सुकुटे पुग्ने गरेका छन्, रिफ्रेश हुने बहाना खोज्दै । चाहे पार्टीभित्रको तनाव होस् वा पारिवारिक, उनी सुकुटे तटमा पुरेर केही समय बिताउँछन् अनि मन हल्का बनाउँदै फर्कने गर्छन् ।

पछिल्लो तनावः

वैशाख २ गते आइतबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले एमालेले जनयुद्धलाई स्वीकार नगरे र समान हैसियत नभए पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई चेतावनीको भाषामै खबरदारी गर्‍यो । प्रचण्डलाई भेट्न खुमलटार निवासमै गएको वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिाखा नेतृत्वको टोलीले ‘जनयुद्ध शब्द पार्टीको विधानमा लेखेर दराजमा थन्काउँदैमा जनयुद्धको सम्मान हुँदैन, एकीकृत पार्टीले सहज रुपमा स्वीकार गर्नुपर्छ र हैसियत बराबरी हुनुहुपर्छ, अनि दुई अध्यक्षमध्ये एक प्रधानमन्त्री भए अर्को पार्टी अध्यक्ष हुनुपर्छ नत्र एकता सेकता हुँदैन’ भनेर अडान राखिदियो ।  

युद्धकाल र शान्तिप्रक्रियामा फर्केदेखि कै आडभरोसा दिँदै आएको वाईसीएलले कडा माग राखेपछि दाहालले, समान हैसियत र जनयुद्ध स्वीकार गर्ने विषयमा आफू अडिग रहेको वाचा गरे ।  

वाचा त गरे, एमाले नेताहरुले न जनयुद्ध स्वीकार्ने संकेत दिएका छन् न त समान हैसियत दिने नै । उनीहरुले त अझ ७०—४० को अनुपातमा एकिकरण गर्नुपर्ने अडान राख्दै आएका छन् ।
पूर्व निर्धारित सहमति अनुसार एमाले माओबादी केन्द्रको एकिकरण गर्न जम्मा जम्मी एक सातो बाँकी छ । एकताको टुंगो लागिसक्दा पार्टीभित्रकै नेताहरु व्यवस्थापनको दबाब तीव्र बन्दै गर्दा र विदेशी मित्र(?) बाट पनि दबाब आइरहेको छ । यही मेसोमा दाहालले सुकुटे सम्झिए ।
 
के गरे सुकुटेमा ?

पार्टीभित्र र बाहिरको चर्को दबावपछि तनावमा परेका दाहाल आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे बीच एड्भेन्चर क्याम्प रिजोर्ट पुगे । पत्नी सीता, छोरी ज्वाईँ, नाती नातिनी, पार्टी नेता अग्नि सापकोटा र सुरक्षाकर्मी सहित दाहाल रिजोर्ट पुग्दा बेलुकीको पाँच बजेको थियो । सुनकोशी किनारको रिजोर्ट पुुगेपछि पत्नी सीता र उनको लागि एउटा, आफन्तका लागि लागि अर्को कोठाको व्यवस्था थियो । टोलीमा सामेल १२ जनामध्ये बाँकीले चाहिँ ३ वटा टेन्टमा रात बिराए ।

प्रचण्डको डिनर :

स्वास्थ्यको ख्याल गर्दै दाहालले बेलुकी भात खाने गरेका छैनन् । दाहाल र पत्नी सीताका लागि रोटी तरकारीको व्यवस्था थियो । बाँकीले भातै खाए । टीम प्रचण्डका लागि भात, रोटी, दाल, चिकन करी, मटन करी र दहीको व्यवस्था गरिएको थियो । दाहाला रोटी तरकारी खाएर कोठामा गए ।

तनाव मत्थर पार्न हादाल प्रधानमन्त्री ओलीसँगको निर्धारित वार्ता छाडेर सुकुटे हान्निएका थिए । तर दाहाल वार्ता बहिष्कार गर्दै रिजोर्ट हिँडे भनेर हल्लाखल्ला भएपछि, ओलीले बोलाइ हाले ।
सोमबार बिहान ओलीसँगको वार्ताका लागि हिँड्नुपर्ने भएपछि उनले ब्रेकफाष्ट मात्रै खाए। रिजोर्टले ब्रेकफाष्टका लागि रोटी, अण्डा तरकारी र कफीको व्यवस्था गर्‍यो । रिजोर्ट कर्मचारीले भने “उहाँले अण्डा चाहिँ खानु भएन, अरुले चाहिँ खाए“ । बिहान ८ बजेतिर दाहालको टोली काठमाडौं हिँड्यो ।

कति आयो त बिल ?

ती कर्मचारीले भने, हामीले अरुलाई जस्तै वन नाइट स्टे र बिहानको ब्रेकफाष्टका लागि एक जना बराबर २५ सय रुपैयाँ लिने गरेका छौं । तर उहाँ हाम्रो रेगुलर ग्राहक जस्तै हुनुहुन्छ । त्यसैले एक जना बराबर दुई हजारका दरले लियौं“ । कति २४ हजार लिनुभयो? “हो त्यत्ति नै हो“, ती कर्मचारीले भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ