arrow

विश्व सम्पदा पदयात्रा गरिँदै

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
padyatra.JPG

काठमाडौं ।  सम्पदाको संरक्षण र प्रचारप्रचारका लागि भन्दै आज शनिबार दिउँसो काठमाडौंको हनुमानढोकादेखि स्वयंम्भूसम्म सम्पदा पदयात्रा गरिँदैछ । विश्व सम्पदास्थल हनुमान ढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक महत्व बोकेका सम्पदाबारे जानकारी गराउन, संरक्षण गर्न तथा प्रचारप्रसार गर्न पदयात्रा आयोजना गरिएको, सम्पदा पदयात्रा आयोजक समिति सदस्य भिमसेन राजबाहकले जानकारी दिएका छन्।

सप्ताहव्यापी रुपमा अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाउने क्रममा आजसम्पदा पदयात्रा गरिएको हो । विश्व सम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा हुनमानढोकाबाट शुरु पदयात्रा मरु गणेश, काष्ठमण्डप, मरु हिटी, सन्तानेश्वर महादेव, मरु बही, बन्जा हिटी, दमाई टोल, नरदेवी, लोकेश्वर मूर्ति, भूइँखेल हुँदै स्वयम्भूमा पुगेर समापन हुनेछ । सम्पदा पदयात्रामा १० हजार बढी सहभागी हुने आयोजकको दाबी छ ।

सप्ताहव्यापी विश्व सम्पदा उत्सव अन्तर्गत आयोजकले गत २ गतेदेखि नै सरसफाइ, पत्रकर खेलकुद, विद्यार्थी खेलकुद, चित्रकला कार्यशाला लगायतका कार्यक्रम गरिसकेको छ। २ गतेदेखि आजको पदयात्रा सम्मको कार्यक्रमका लागि करीब २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ