arrow

किन दिइने भयो प्रधानमन्त्री ओलीलाई एकहजार विद्यार्थीको पत्र ?

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
kp-oli.png

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालसहित विभिन्न ५२ संस्थाले यस वर्षको विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा सार्वजनिक विद्यालय सुधारका लागि एक हजार विद्यार्थीबाट पत्र संकलन गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने भएको छ । 

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले दिगो विकास लक्ष्यको ४ नं मा रहेको ‘जवाफदेहिता र नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ यस वर्षको कार्यसप्ताह मनाउन लागिएको जनाइएको छ । 

नेपालमा सन् २००३ देखि शिक्षाको विश्वव्यापी अभियान ९जिसिई० ले निर्दिष्ट गरेका विषयभित्र रही प्रत्येक वर्ष कार्य सप्ताह मनाउने गरिएको छ । 

यही वैशाख ११ गते भद्रकालीबाट सार्वजनिक शिक्षाका पक्षमा प्रदर्शनी गरी शुरु हुने सप्ताहका क्रममा वैशाख १३ गते राजनीतिक संवाद गरिने, जिल्ला जिल्लामा शिक्षामा उत्तरदायित्व तथा नागरिक सहभागितासम्बन्धी मागसहित ज्ञापनपत्र दिने र सप्ताहको अन्त्यमा प्रधानमन्त्री, शिक्षामन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएका छन् । नेपालको संविधानले प्रत्येक बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको हक सुनिश्चित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ