arrow

कहाँ कहाँ छ दलालहरुको बिगबिगी ? नालीबेलीसहित 

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
money.jpeg.jpeg

काठमाडौ । जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने  मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।

सर्तकता केन्द्रले केही दिन यता त्यस्ता कार्यलयहरूमा छड्के गरी प्रधानमन्त्री कार्यलयलाई रिर्पोट बुझाएको छ। यसैगरी सम्बन्धित कार्यलयलाई कारबाही गर्न पनि निर्देशन दिएको छ।

विहीवार सर्तकता केन्द्रका कर्मचारीहरू एकान्तकुना स्थित यातायात कार्यलय र एकान्तकुनामै रहेको सानाठूला कार्यलयमा छड्के गर्न गएका थिए। यसैगरी सोही दिन सर्तकर्ता केन्द्रले नापी कार्यलय चाबहिलमा गइ छड्के गरेको थियो। ती कार्यलयहरूमा  छड्के पछि  आइतवार सर्तकर्ता केन्द्रले छुट्टाछुट्टै प्रतिबेदन तयार गरेको छ। प्रतिबेदनको रिर्पोट प्रधानमन्त्री कार्यलयलाई बोधार्थ बुझाइने सर्तकता केन्द्रका प्रवक्ता वीष्णुराज लामिछानेले बताए।

नापी कार्यलय चाबहिलमा छड्के गरी तयार गरिएको प्रतिबेदनमा सेवाग्रही कार्यलयको गेटबाट भित्र छिर्ने वित्तिकै दलालहरूले सेवा ग्रहीको हात समाती काम गराउने ÷ काम गरे नाममा  पाँच देखि हजार रूपैया हात हातै लिने गरेको जनाइएको छ। यसवारेमा नापी कार्यलय चाबहिलका प्रमुख मनिप्रसाद रेग्मीले  दलालहरूको विगविगी आफनो कार्यलयमा भएको स्विकार गरेको पनि प्रतिबेदनमा जनाइएको छ। 

प्रतिबेदनमा भनिएको छ, ‘दलालहरूले सेवाग्रहीहरूलाई नापी कार्यलय चाबहिलको गेटबाट हात समातेर काम गराउने ÷गराए वाफत पाँचसय देखि हजार सम्म लिने गरेको भन्ने विषयमा  उक्त कार्यलयका प्रमुखसंगको छलफलमा कार्यलय प्रमुखको स्वयम भनाइ रहेको छ।’ सर्तकर्ता केन्द्रका कर्मचारीहरूसंग कार्यलय प्रमुखले दलालहरूको विगविगीलाइ आफूले राक्ने नसक्ने पनि जनाए। प्रतिबेदनमा भनिएको छ, ‘सो कार्यलयलाई निस्तेज गर्न हामीले नसक्ने र पुलीस ल्याएर मात्र दलालहरूलाई कार्यलय परिसर भित्र निषेध गर्न सकिने, अन्यथा हामीले राक्ने नसकिने कार्यलय प्रमुखको भनाइ रहेको छ।’

यसैगरी यातायात कार्यलय चाबहिलमा गरिएको छड्के निरिक्षण पछि तयार गरिएको प्रतिबेदनमा पनि दलालहरूको विगबिगी रहेको बारेमा पनि प्रधानमन्त्री कार्यलयको ध्यानकर्षण गराइएको छ। दलाल माफर्त कर्मचारीले १० देखि ३० हजार घुस लिएर ट्रायलमा फेल भएकाहरूलाई पनि पास गराउने गरेको जनगुनासो आएको प्रतिबेदनमा  जनाइएको छ। 

प्रतिबेदनमा भनिएको छ, ‘दलाल मार्फत कर्मचारीले १० हजार देखि ३० हजार सम्म घुस लिएर फेल भएकाहरूलाई पनि पास गराउने  जन गुनासो आएको छ। ’ अनलाइनबाट फर्म भर्ने व्यबस्था भए पनि यातायात कार्यलयका कर्मचारीहरूले जानजान विगत एक महिना देखि इन्टरनेट र सर्भर विगारेको जनगुनासो आएको पनि प्रतिबेदनमा जनाइएको छ। ट्रायल पास भए पनि ६ सात महिना सम्म पनि लाइसेन्स पाउन नसकेको गुनासो सेवाग्रहीबाट आएको प्रतिबेदनमा जनाइएको छ।

सर्तकर्ता केन्द्रका प्रवक्ता लामिछानेले सर्तकता केन्द्र केन्द्रका कर्मचारीले जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने कार्यलयहरूमा गइ छड्के गर्दा अधिकाशं कार्यलयमा विचौलीयाहरूको विगबिगी रहेको पाइएको जनाए। उनले भने, ‘छड्के गरे पछि सम्बन्धित कर्मचारीहरूले प्रतिबेदन तयार गर्छन। र हामीले सम्बन्धित कार्यलयमा कारबाहीको लागि सिपाmरिश गर्छौ र प्रधानमन्त्री कार्यलयमा पनि बोधार्थ पठाउछौ।’

सतकर्ता केन्द्रले केही दिन अघि बैदेशिक रोजगार विभाग ताहाचाल र मालपोत कार्यलय कलकींमा छड्के जाँच गरेको थियो। मालपोत कायलय कलकींमा छड्के जाँच गर्दा सो कार्यलयमा रहेका ४३ कर्मचारी मध्ये ३० कर्मचारीलाइ कारबाही गर्न सर्तकता केन्द्रले सम्बन्धित कार्यलयका कार्यलय प्रमुखलाई सिफारिश गरेको थियो। 

सो कार्यलयमा सर्तकता केन्द्रका कर्मचारी गत चैत १४ गते विहान  दश बजेर १५ मिनेटमा पुग्दा मालपोत कार्यलय कलकीमा कार्यरत ४३ कर्मचारी मध्ये ३० कर्मचारी समयमा हाजिर नभएको केन्द्रले तयार गरेको रिर्पोटमा जनाइएको छ।

जनताको पत्यक्ष्य सरोकार राख्ने नापी, यातायाता, बैदेशिक रोजगार,मालपोत नापी जस्ता कार्यलयमा विचौलीयाहरूको विगबगी मात्र नभइ, ती कार्यलयका कर्मचारी कार्यलय समयमा कार्यलयमा पुग्ने नगरेको  समस्या देखिएको केन्द्रका कर्मचारीको भनाई छ।

केन्द्रका प्रशासन अधिकृत नारायण दाहालले छड्के पछि केन्द्रले तयार गरेको प्रतिबेदनमा निजामति सेवा नियमाबली अनुसार कारबाही गर्न सम्बन्धित कार्यलयका कार्यलय प्रमुखलाई सिफारिश गर्ने गरेको बताए। कारबाही गरे नगरेको जानकारी सम्बन्धित कार्यलय प्रमुखले सर्तकर्ता केन्द्रलाई गराउनु पर्ने प्रावधान रहेको पनि उनले जनाए।

विचौलीयाहरू हावी हुँदा सेवा सरकारी कार्यलयमा प्रवाह कमजोर भएको केन्द्रका कर्मचारीहरूको भनाइ छ। जसबाट जनता विचौलीयामा भर पर्नु परेको छ। विचौलीया प्रवत्ति अन्त्य गर्न सरकारले पटक पटक प्रयास गरे पनि सरकार यसमा सफल हुन सकेको छैन। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ