arrow

प्रदेश सरकारका लागी विराटनगरमा कार्यालय र आवासको खाँचो नहुने

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार

विराटनगर । प्रदेश सरकारका लागी विराटनगरमा पर्याप्त कार्यालय र आवास समेत रहेको निष्कर्षमा विराटगरका नेतृत्व तह पुगेको छ । सोमवार विराटनगरमा रहेका सरकारी कार्यालय र तीनका आवासगृह निरिक्षण तथा अनुगमनका क्रममा सहभागीहरुको यस्तो धारणा आएको हो । 

नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य केदार कार्की , विराटनगर महानगरका मेयर भीम पराजुली, जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय , उपाध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा सहितको टोलीले भवनहरु अनुगमन गरेको थियो । 

विराटनगरमा रहेका पूर्वाञ्चल क्षेत्रीय सिंचाइ निर्देशनालय , नेश्नल ट्रेडिङ , जिल्ला वन , क्षेत्रीय वन, औषधी व्यवस्था विभाग र नेपाल वैङकको भवन लगायतको अनुगमन गरेपछि विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रदेशको राजधानीका लागी विराटनगरमा प्रशस्त भवन तथा आवास रहेको र यसका लागी प्रदेशसरकारसंग समन्वय गरेर काम गर्न तयार रहेको बताए । 

यस्तै जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले आफुहरू बसिरहेको कार्यालय समेत प्रदेश सरकारको आधिकारिक धारणा आउनासाथ छोड्न तयार रहेको वताए । 

उद्योगी भीम घिमिरेले प्रदेश नं १ लाई एक नम्वर वनाउन उद्योगीहरु डटेर लाग्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ