arrow

सुन तस्करी जालो –एसपी विकासराज खनाल  गृहमन्त्रालयबाटै नियन्त्रणमा

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
bikashraj-khanal.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ । 

मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्याइएको थियो । 

छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो । स्रोतका अनुसार राउत भने बयान नसकिँदै गृहमन्त्रालयबाट सुटुक्क बेपत्ता भएका थिए ।

नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।

३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । 

आइतबारमात्र प्रहरीले पूर्वडिआईजी गोविन्द निरौलालाई पनि बयानपश्चात् नियन्त्रणमा लिएको थियो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ